२४ जेठ २०८३, आइतबार

कैलालीमा खैरो हेरोइनसहित १ जना पक्राउ

कात्तिक १५, २०७७
कैलालीमा खैरो हेरोइनसहित १ जना पक्राउ

कैलालीको धनगढी उपमहानगरपालिका–१० घुइँयाघाटबाट लागूऔषधसहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

शंकास्पदरूपमा हिँडडुल गरिरहेको अवस्थामा २५ ग्राम ४०० मिलीग्राम लागूऔषध खैरो हेरोइनसहित घुइँयाघाटका रामनिवास रानालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिए ।

पक्राउ परेका रानालाई लागूऔषध खैरो होरोइन शीर्षकमा मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको बताइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्