२७ जेठ २०८३, बुधबार

अध्यक्षसहित आठ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएपछि सेवा बन्द

कात्तिक १६, २०७७
अध्यक्षसहित आठ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएपछि सेवा बन्द

नवलपरासी ९बर्दघाट–सुस्तापूर्व०को हुप्सेकोट गाउँपालिका अध्यक्षसहित आठ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएपछि एक हप्ताका लागि गाउँपालिका बन्द गरिएको छ ।

हुप्सेकोट गाउँपालिकाकी अध्यक्ष लक्ष्मी पाण्डे, चार कर्मचारी र तीन अन्य व्यक्तिमा कोभिड–१९ को सङ्क्रमण देखिएपछि आगामी शुक्रबारसम्मका लागि कार्यालयबाट प्रवाह हुने सबै सेवा बन्द गरिएको हो । शुक्रबार ४९ जनाको स्वाब सङ्कलन गरी परीक्षणका लागि पोखरा पठाइएकामा आठ जनामा सङ्क्रमण देखिएको हो । अध्यक्ष पाण्डे अहिले होम आइसोलेसनमा बसेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्