१४ असार २०८३, आइतबार

तिहारको मुखमा पटाकाको तस्करी गर्ने २ जना पक्राउ

कात्तिक १९, २०७७
तिहारको मुखमा पटाकाको तस्करी गर्ने २ जना पक्राउ
प्रतिकात्मक तस्वीर

झापाको मेचीनगर नगरपालिका–७ बाट ठूलो परिणाममा अवैध सामान बरामद गरिएको छ ।

इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले मंगलवार राति भारतबाट नेपालतर्फ भन्सार छलेर अवैधरूपमा ल्याउँदै गरेका ७ लाख २१ हजार ७०० रुपैयाँ बराबरका लत्ताकपडा र मोटर पार्टस् बरामद गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिए ।

बरामद गरिएका सामानमा कुर्थी, कुर्थी सेट, तन्ना, ढाकाको थान प्रिन्ट कपडा, थान कपडा, टेम्पोको क्लोज तार, विभिन्न मोटर पार्टस् रहेका छन् । बरामद भएका सामान आवश्यक कारवाहीका लागि मेची भन्सार कार्यालय काँकडभिट्टामा बुझाइएको छ ।

पटकासहित २ जना पक्राउ

मेचीनगर–१० स्थित शान्ति समाज टोलबाट पटकासहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मेचीनगर–५ का २९ वर्षीय प्रशन्नजीत दर्जी र टेम्पो चालक ३९ वर्षीय विश्वनाथ प्रधान रहेका छन् ।

तिहारको मुखमा भारतबाट नेपालतर्फ लुकाइछिपाई मे१ह ५५२७ नम्बरको टेम्पोमा पटका ल्याउँदै गरेको भन्ने विशेष सूचनाका आधारमा प्रहरीले मंगलवार साँझ ६ः४५ बजे अटोलाई नियन्त्रणमा लिएको थियो ।

जाँचका क्रममा अटोभित्र १३ बोरा विभिन्न किसिमका पटका फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । बरामद गरिएको पटका, अटो र मानिस सहितलाई इलाका प्रहरी कार्यालय धुलाबारीमा राखी कानूनी कारवाही अगाडि बढाइएको कार्यालयले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्