२१ असार २०८३, आइतबार

अमेरिकी निर्वाचन : एरिजोनाको एक मतदान केन्द्र बाहिर सशस्त्र प्रदर्शनकारीको भीड

कात्तिक २०, २०७७
अमेरिकी निर्वाचन : एरिजोनाको एक मतदान केन्द्र बाहिर सशस्त्र प्रदर्शनकारीको भीड

अमेरिकाको राष्ट्रपति निर्वाचनको अन्तिम परिणाम आइनसक्दा एरिजोनाको मारिकोपा काउन्टीमा मतगणना केन्द्रबाहिर विरोधकर्ताहरू भेला भएका छन् । 

यस महत्त्वपूर्ण जिल्लामा मतगणना जारी छ र जो बाइडनले यसमा साँघुरो अग्रता कायम राखेका छन् । 

त्यहाँ उपस्थित प्रदर्शनकारीमध्ये केहीले हातहतियार बोकेको पाइएको छ । धेरैजसोले मेक अमेरिका ग्रेट अगेन लेखिएको टोपी लगाएका थिए र केहीले मतदानमा धाँधली भएको नारा सहितको पोस्टर बोकेका थिए । 
 

एसोसिएटेड प्रेस तथा अन्य समाचार संस्थाले एरिजोनामा बाइडन जितेको भनी हिजै घोषणा गरेका थिए तर ट्रम्पले पनि अग्रता बढाइरहेका छन् । 

उता मिशिगनमा ट्रम्प समर्थक प्रदर्शनकारीहरूले एक मतगणना केन्द्र बाहिर भेला भएर मतगणना रोक्न माग गरेका छन् । अनि फिनिक्समा चाहिँ ट्रम्पको सम्भावना राम्रो देखेकाले मतदाताहरूले अधिकारीहरूलाई भोट गनिरहन भनेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्