०२ साउन २०८३, शनिबार

विवाद चुलिएको बेला बालुवाटारमा ओली–प्रचण्डबीच भेटवार्ता

कात्तिक २०, २०७७
विवाद चुलिएको बेला बालुवाटारमा ओली–प्रचण्डबीच भेटवार्ता

पार्टीभित्र विवाद बल्झिएको समयमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच बिहीवार भेटवार्ता भएको छ ।

लामो अन्तरालपछि गत शनिवार भएको भेटवार्ता सकारात्मक हुन सकेको थिएन ।

ओलीसँगको भेटवार्ताका लागि प्रचण्ड प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् । प्रचण्ड लगायत नेताहरूले पार्टीमा उत्पन्न समस्याको समाधानका लागि तत्काल सचिवालय बैठक बोलाउन माग गरेका छन् । 

प्रधानमन्त्री ओलीले भने २ अध्यक्षबीच सहमति भएपछि मात्र सचिवालय बैठक बोलाउने तयारीमा रहेको नेकपा स्रोतले बतायो । 

गत शनिवारको भेटमा ओलीले ‘सहमतिमा नआउने हो भने अलग–अलग हिडौं’ भनेर प्रस्ताव गरेको प्रचण्डले आफूनिकटका नेताहरूलाई बताएका थिए । 

आफूसँग परामर्श नगरी मन्त्रिपरिषद् पुनर्गठन, राजदूतहरूको सिफरिश तथा कर्णाली प्रदेशमा उत्पन्न विवादलाई लिएर प्रचण्ड असन्तुष्ट देखिएका थिए । आइतवार आफ्नै निवासमा भएको भेलामा प्रचण्डले ओलीबाट अलग–अलग भएर जान प्रस्ताव आएको बताएपछि नेकपा विवाद उत्कर्षमा पुगेको थियो ।

आफूविरुद्ध पार्टीभित्र घेराबन्दी गरिएको आरोप लगाउँदै प्रधानमन्त्री ओलीले बुधवार एक कार्यक्रममा कुनै हालतमा राजीनामा नदिने बताएका थिए । 

salt training

कमेन्ट गर्नुहोस्