२२ असार २०८३, सोमबार

कोरोना संक्रमणबाट सप्तरीमा १ महिलाको मृत्यु

कात्तिक २०, २०७७
कोरोना संक्रमणबाट सप्तरीमा १ महिलाको मृत्यु

सप्तरीमा कोरोना संक्रमणबाट १ महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा विष्णुपुर गाउँपालिका सिम्राहाकी २३ वर्षीया महिला छिन् ।

पिसाबमा समस्या देखिएपछि ६ दिनअघि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भर्ना भएकी ती महिलाको उपचारका क्रममा बिहीवार बिहान मृत्यु भएको स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनियालाल यादवले जानकारी दिए ।

उनका अनुसार अस्पतालले बुधवार उनको पीसीआर परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो । पिसाबमा समस्या देखिएपछि १५ दिनअघि मात्र विराटनगरबाट उपचार गराएर माइती फर्किएकी उनलाई एक्कासि बान्ता भएपछि बीपी कोइराला  प्रतिष्ठान धरानमा भर्ना गरिएको थियो ।

यससँगै जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३१ पुगेको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ । शव व्यवस्थापनका लागि नेपाली सेनाले आवश्यक तयारी गरिरहेको निमित्त प्रमुख यादवको भनाइ छ ।

salt training

कमेन्ट गर्नुहोस्