२१ असार २०८३, आइतबार

नाकबाट रगत बग्न थालेपछि कोरोना संक्रमित मन्त्री अस्पताल भर्ना

कात्तिक २०, २०७७
नाकबाट रगत बग्न थालेपछि कोरोना संक्रमित मन्त्री अस्पताल भर्ना

कोरोना भाइरस संक्रमण देखिएर होम आइसोलेसनमा बसेका सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री प्रकाश शाह अस्पताल भर्ना भएका छन् ।

कात्तिक १५ गते कोरोना संक्रमण पुष्टि भएका शाह हालसम्म होम आइसोलेसनमै थिए ।

एक्कासि नाकबाट रगत बग्न थालेपछि केहीबेरअघि मात्रै उनी अस्पताल भर्ना भएका सेती प्रादेशिक अस्पतालले जनाएको छ ।

कमेन्ट गर्नुहोस्