२० असार २०८३, शनिबार

प्यूठानमा प्रहरी र स्थानीयबीच झडप, कारण यस्तो छ

कात्तिक २०, २०७४
प्यूठानमा प्रहरी र स्थानीयबीच झडप, कारण यस्तो छ
सांकेतिक तस्वीर 


प्यूठान, २९ वैशाख–
  प्रहरी हिरासतमै रहेका बेला एक व्यक्तिको ज्यान गएको विषयलाई लिएर प्यूठानको भिंगृमा स्थानीय बासिन्दा र प्रहरीबिच झडप भएको छ । 


स्वर्गद्वारी नगरपालिका–५ सारी निवासी भुपेन्द्र गिरी बिहीवार राती इलाका प्रहरी कार्यालय भिंगृको शौचालयमा मृत अवस्थामा भेटिएका थिए ।
प्रहरीले भनेअनुसार उनी गएराती १ बजे शौचालय गएका थिए । धेरै बेरसम्म शौचालयबाट बाहिर नआएपछि उनलाई खोज्न गएका बेला गिरी शौचालयमा मृत भेटिएका प्रहरीको भनाइ छ ।

मृतकको आफन्तहरुले प्रहरी चौकीमै झुण्डिएर ज्यान गएको विषय रहस्यमय भएको बताए ।
घर झगडाको विषयमा अनुसन्धान गर्न भनेर हिरासतमा लिइएका गिरी शौचालयमा मृत भेटिनुले घटना रहस्यमय भएको स्थानीयको भनाइ छ ।

प्रहरीले घटनाको वास्तविकता सार्वजनिक नगरकेो भन्दै स्थानीय बासिन्दा र मृतकका आफन्तले इलाका प्रहरी कार्यालयमा ढुङ्गा प्रहार गरेका थिए ।

स्थानीय बासिन्दाको ढुङ्गा प्रहारबाट चौकीको भवनको झ्याल ढोकाका सिसा फुटेका छन् । प्रहरीले घटनालाई साम्य बनाउन २ राउण्ड अश्रुग्याँस प्रहार गरेको छ ।

आफन्तले मृतक व्यक्तिको पोष्टमार्टका आधारमा संघर्षका थप कार्यक्रम घोषणा गरिने पनि जनाएको छ । मृतक गिरीको अहिलेसम्म पोष्टमार्टम हुन सकेको छैन ।

salt training

कमेन्ट गर्नुहोस्