२९ असार २०८३, सोमबार

कमल थापाले भने : नेपालकाे नाम 'नेपाल' मात्रै राख्ने सरकारको निर्णय ठीक छ

कात्तिक २१, २०७७
कमल थापाले भने : नेपालकाे नाम 'नेपाल' मात्रै राख्ने सरकारको निर्णय ठीक छ

सरकारले नेपालको आधिकारिक नाम नेपाल मात्र लेख्ने भनी गरेको निर्णयको राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले स्वागत गरेका छन् । 

थापाले शुक्रवार ट्वीटरमा लेख्दै नामको अगाडि विशेषण जोड्नु आवश्यक नभएको बताएका छन् । 

सरकारले नेपालको आधिकारिक नाम संघीय लोकतान्त्रिक गणतन्त्र नेपालबाट नेपाल मात्रै राख्ने निर्णय गरेपछि धेरैले विरोध गरेका छन् । 

थापाले भने सरकारको यस निर्णय राम्रो भएको जनाएका छन् । 

उनले लेखेका छन्, 'संघीयता/गणतन्त्रको विपक्षमा रहेको कारणले भनेको होईन,प्राचीनकालदेखि हाम्रो देशको नाम ‘नेपाल’ हो। नामको अगाडि विशेषण जोड्नु आवश्यक थिएन । सरकारको निर्णय ठीक छ। नाम अगाडि रहेका विशेषण हटाउँदा षडयन्त्र भएको ठान्नेहरूको मनस्थितिबाट प्रष्ट हुन्छ-ति मान्यता कति कमजोर धरातलमा खडा गरिएको रहेछ ।'


 

salt training

कमेन्ट गर्नुहोस्