×

NMB BANK
NIC ASIA

समयमै सडक नबनाउने ठेकेदारलाई १ करोड ६८ लाख जरिवाना

कात्तिक २४, २०७७

NTC
Sarbottam
प्रतिकात्मक तस्वीर
Premier Steels
Marvel

बारा जिल्लाको पथलैयादेखि वीरगञ्जको आईसीपीसम्म ६ लेन सडक खण्डको ठेक्का लिएर समयमा काम नगर्ने ठेकेदार कम्पनी युनाइटेड बिल्डर्सलाई १ करोड ६८ लाख रुपैयाँ जरिवाना गरेको व्यापारीक मार्ग विस्तार योजना कार्यालय पथलैयाले जनाएको छ ।
 
३ वर्षभित्र सम्पन्न गर्ने लक्ष्यसहित २०६९ सालमा निर्माण थालिएको वीरगञ्ज पथलैया २६ किलोमिटर सो सडक खण्डको निर्माण कार्यको ठेक्का लिएर समयमा काम सम्पन्न नगरेकाले युनाइटेड विल्डर्सलाई कारवाही स्वरुप रकम जरिवाना गरिएको कार्यालयका सूचना अधिकारी तथा इन्जिनीयर विवेक झाले बताए ।

Muktinath Bank

पथलैया वीरगञ्ज व्यापारीक मार्ग नामाकरण गरी २ वर्षमा सम्पन्न गर्ने गरी निर्माण थालेको थियो । संघीय सरकारको साढे ५ अर्बको लगानीमा सो सडक खण्डको ठेक्का लिएका युनाइटेड विल्डर्सले भुक्तानीसमेत लिएर समयमा काम नगरेकाले कारवाही गरिएको सूचना अधिकारी झाको भनाइ छ । ठेक्का सम्झौता भई समयमा निर्माण कार्य सम्पन्न नभएपछि ४–४ पटक पुनः म्याद थपिए पनि तोकिएको समयमा काम सम्पन्न नगरेकाले बाध्य भएर सरकारले कारवाही प्रक्रिया अघि बढाएको अर्का इन्जिनीयर सम्पतलाल दासले बताए ।
 
सो व्यापारिक मार्ग ४ वर्षअघि नै सम्पन्न हुनुपर्नेमा हालसम्म सम्पन्न हुन नसक्दा वीरगञ्ज पथलैया औद्योगिक करिडोरका उद्योगी व्यवसायी प्रभावित हँुदै आएको छ । वीरगञ्ज पथलैया सडक खण्डको परवानीपुरसम्म सडक बनाउने ठेक्का पाएका पप्पु कन्स्ट्रक्सनले ठेक्का नम्बर १ अन्तर्गतको काम सम्पन्न नगरी अटेर गरेकाले कारवाही प्रक्रिया अघि बढाएको सो कार्यालयले जनाएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कारवाही प्रक्रिया रोक्नका लागि पप्पुले उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगञ्जमा मुद्दा हालेको सो कार्यालयले जनाएको छ ।
 
‘कालोसूचीमा रहेका पप्पु कन्स्ट्रक्सनले आफू पनि काम नगर्ने र अरुलाई पनि काम गर्न दिँदैन । राजनीति आढमा बाधा अवरोध खडा गर्ने गरेको छ,’ कार्यालयका कर्मचारीको भनाइ छ । सो सडकको निर्माण गर्ने ठेक्का पाएका अन्य ठेकेदार कम्पनीमध्ये केहीले बाटोमा खाल्डाखुल्डी बनाएर अलपत्र छाडेपछि सो सडकमा मालबाहक गाडीलाई आवतजावत गर्नमा कठिनाइ हुनुका साथै धुलो उड्दा यात्रुहरुको स्वास्थ्यमा गम्भीर असर पर्ने गरेको छ ।
 
समग्रमा सो व्यापारिक मार्गको निर्माण कार्य ६५ प्रतिशत सम्पन्न भए पनि बाँकी काम असार मसान्तसम्ममा पूरा नगरे ठेक्का पाएका अन्य ठेकेदार कम्पनीलाई कालोसूचीमा राखी कारवाही प्रक्रिया अगाडि बढाउने योजना प्रमुख मनिषकुमार साहले बताए । बढ्दो सवारी चापलाई मध्यनजर गर्दै २ लेन सडकको विस्तार गरी ६ लेनको सडक निर्माण गर्न थालिएको छ । 


Advertisment
Nabil box
Kumari

यस क्षेत्रमा सबैभन्दा बढी सवारी चाप रहेकाले सो सडकको निर्माण भएपछि औद्योगिक करिडोरमा सवारी साधनको चाप घट्ने तथा उद्योगी व्यापारीलाई आफ्नो सामान ओसारपसार गर्न सजिलो हुने छन् । पथलैयादेखि आईसीपीसम्म २ खण्डमा निर्माण भइरहेको सो व्यापारिक सडकमा ३ वटा पुल निर्माण भइरहेको छ । सो सडक निर्माणकार्य समयमा सम्पन्न नहुँदा सवारी साधनको चापले दुर्घटना हुने, बाटो हिँडने यात्रुलाई स्वास्थ्यमा प्रतिकूल असर परी श्वासप्रश्वास रोगको शिकार हुने, सडक वारपार गर्न समस्या हुने भएकाले समयमै सडक निर्माण गर्न यस क्षेत्रका वासिन्दाको माग छ ।

Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x