०७ साउन २०८३, बिहीबार

कोभिड फर्केर आएपछि इटलीको स्वास्थ्य सेवा प्रणाली ध्वस्त, अस्पतालको भुइँमै लडे बिरामी

कात्तिक २४, २०७७
कोभिड फर्केर आएपछि इटलीको स्वास्थ्य सेवा प्रणाली ध्वस्त, अस्पतालको भुइँमै लडे बिरामी

इटलीमा कोराना संक्रमण निरन्तर बढिरहेको छ । 

अस्पतालहरू भरिभराउ भएर बिरामीहरूलाई भुइँमै स्ट्रेचरमा राखेर अक्सिजन दिइँदैछ । 

स्वास्थ्य मन्त्रालयले शनिवार मात्र ४२५ जनाको मृत्यु भएको जानकारी दिएको छ । 
 

लोम्बार्डी क्षेत्रमा कोरोनाको चर्को प्रकोप छ । त्यहाँ शनिवार मात्र ११ हजार ४८९ नयाँ केसहरू देखिएका छन् । 

अघिल्लो साताबाट पुनः लकडाउन लगाएको इटलीले अर्थतन्त्रमा परेको कठोर असर न्यून गर्नका लागि नयाँ सहायता प्याकेजलाई स्वीकृति दिएको छ । 

मन्त्रिपरिषद्ले २.९ अर्ब युरो बराबरको आर्थिक राहत रकम निकासा गर्ने मञ्जूरी दिएको छ ।

उच्च जोखिमयुक्त क्षेत्रमा परिणत हुन सक्ने क्षेत्रहरूका लागि रकम छुट्ट्याइएको प्रधानमन्त्री जोसेप्पे कोन्तेले बताए । 

‘यसबाट पछि हट्न सकिने स्थिति छैन । पूरै देशलाई बन्द गर्ने अर्को विकल्प छ तर त्यसले ठूलो क्षति पुर्‍याउँछ । यो सबैका लागि विपत्ति हुन्छ,’ कोन्तेले भने । 

salt training

कमेन्ट गर्नुहोस्