३१ असार २०८३, बुधबार

रुपन्देहीमा थप २ कोरोना संक्रमितको मृत्यु

कात्तिक २४, २०७७
रुपन्देहीमा थप २ कोरोना संक्रमितको मृत्यु
फाइल फोटो

रूपन्देहीमा कोरोना भाइरस संक्रमणबाट सोमवार थप २ जना मृत्यु भएको छ ।

बुटवल धागो कारखानास्थित कोरोना विशेष अस्पताल र भैरहवास्थित भीम अस्पतालमा १/१ जना संक्रमितको मृत्यु भएको हो । 

बुटवल उपमहानगरपालिका–१७ का ४५ वर्षीय पुरुषको बुटवलको कोरोना विशेष अस्पतालमा मृत्यु भएको हो । शुक्रवार भर्ना भएका ती पुरुषलाई कोरोना पुष्टि भएपछि सोही दिन अस्पताल भर्ना भएका थिए । उनको सोमवार बिहान मृत्यु भएको अस्पतालका सूचना अधिकारी विष्णु गौतमले जानकारी दिए । 

भीम अस्पतालमा थप १ संक्रमितको मृत्यु भएको छ । गत कात्तिक १७ गते कोरोना पुष्टि भएकी सैनामैना नगरपालिका–४ की ५६ वर्षीया महिलाको सोमवार बिहान ६ः२० बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. नारायण पोख्रेलले जानकारी दिए ।

होम आइसोलेसनमा बस्दा स्वास्थ्यमा समस्या भएपछि १९ गते उनलाई भीम अस्पतालको आईसीयूमा भर्ना गरिएको थियो । उनमा मधुमेहको समस्या रहेको थियो ।

रुपन्देहीका अस्पतालमा अहिले पनि गम्भीर प्रकृतिका बिरामी बढ्दै गएका अस्पतालले जनाएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्