२२ जेठ २०८३, शुक्रबार

४११ जनाको आईसीयू र ८३ जनाको भेन्टिलेटरमा उपचार जारी

कात्तिक २४, २०७७
४११ जनाको आईसीयू र ८३ जनाको भेन्टिलेटरमा उपचार जारी

 देशभर ३६ हजार १७४ सक्रिय सङ्क्रमित रहेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । उनीहरुमध्ये २९ हजार ८३६ होम आइसोलेसनमा छन् । संस्थागत आइसोलेसनमा रहेका मध्ये ४११ जनाको  सघन उपचार कक्ष (आईसीयू)  र ८३ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।  

देशभर ९ सय ६७ जना क्वारेन्टिनमा रहेका छन् ।  हालसम्म  १५ लाख ५१ हजार २५४ जनाको पीसीआर भएको छ ।

देशभर पछिल्लो २४ घण्टामा थप २ हजार ५ सय ७१  जनामा कोरोना भाइरस (कोभिड –१९) को सङ्क्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार पछिल्लो समय ११ हजार १७७ जनाको  स्वास्थ्य परीक्षण गर्दा १ हजार ५१ महिला र १ हजार ५२० पुरुष गरी उक्त सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो ।

salt training

कमेन्ट गर्नुहोस्