
हालै विवाह बन्धनमा बाँधिएकी बलिउड अभिनेत्री काजल अग्रवाल पति गौतम किचलुसँग हनिमुन मनाउन यति बेला माल्दिभ्स पुगेकी छन्।
काजलले माल्दिभ्सका केही तस्बिरसमेत सार्वजनिक गरेकी छन्। तस्बिरमा काजल रातो कलरको ड्रेसमा बिन्दास मुडमा देखिएकी छन्।
एक तस्बिरमा काजलले पतिसँग रोमान्टिक मुडमा पनि तस्बिर खिचाएकी छन्। उनका तस्बिर सामाजिक सञ्जालमा निकै भाइरल भइरहेका छन्।
सन् २००४ मा फिल्म ‘क्या हो गया ना’बाट काजलले अभिनयमा डेब्यु गरेकी थिइन्।
यसै वर्ष उनी ‘सिंघम’मा पनि देखिएकी थिइन्। साउथ फिल्म उद्योगमा भने उनले २००७ मा ‘लक्ष्मी कल्याण’ फिल्मबाट डेब्यु गरेकी थिइन्।
काजलले तमिल, तेलुगुमा बनेको फिल्म ‘मगाधिर’, ‘आर्या २’, ‘डार्लिङ’, ‘विवेगम’जस्ता सुपरहिट फिल्ममा समेत काम गरेकी छन्। अन्नपूर्ण पोस्टमा खबर छ ।