३१ जेठ २०८३, आइतबार

भरुवा बन्दुकसहित १ जना पक्राउ

कात्तिक २५, २०७७
भरुवा बन्दुकसहित १ जना पक्राउ

तनहुँको भीमाद नगरपालिका–२ बन्दीछापबाट भरुवा बन्दुकसहित १ जना पक्राउ परेका छन् । 

पक्राउ पर्नेमा सोही वडाको सिमलबोट बस्ने ६० वर्षीय टुकबहादुर थापा रहेका छन् ।

प्रहरी चौकी किहुँबाट खटिएको प्रहरी टोलीले उनलाई बन्दुकसहित पक्राउ गरेको हो । उनको साथबाट १ नाले भरुवा बन्दुक बरामद गरेको प्रहरीले जनाएको छ । 

पक्राउ परेकाविरुद्ध हातहतियार मुद्दा शीर्षकमा मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्