३२ असार २०८३, बिहीबार

२७ गते सचिवालय बैठक बस्छ, ओली पनि सहभागी हुनुहुन्छ– माधव नेपाल

कात्तिक २५, २०७७
२७ गते सचिवालय बैठक बस्छ, ओली पनि सहभागी हुनुहुन्छ– माधव नेपाल
फाइल फोटो

नेकपा वरिष्ठ नेता माधवकुमार नेपालले कात्तिक २७ गते नेकपा सचिवालय बैठक बस्ने र सो बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली पनि सहभागी हुने दाबी गरेका छन् ।

पार्टी कार्यालय धुम्बाराहीमा मंगलवार बसेको नेकपा सचिवालयका ५ सदस्यको अनौपचारिक बैठकपछि बाहिरिने क्रममा नेता नेपालले बिहीवार सचिवालय बैठक बस्ने बताएका हुन् । 

सचिवालयका पाँचजना नेताको बैठकले २७ गते सचिवालय बैठक राख्न अध्यक्ष ओलीलाई आग्रह गर्ने निर्णय गरेको थियो ।

‘२७ गते सचिवालय बैठक बस्छ, सो बैठकमा अध्यक्ष ओली पनि सहभागी हुनुहुन्छ,’ नेता नेपालले भने । 

धुम्बाराहीमा बैठक बस्नुअघि नेकपा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ओलीलाई भेटेर २७ गते बैठक राख्न प्रस्ताव गरेका थिए । तर ओली सहमत नभएको ब्रिफिङ प्रचण्डले सचिवालयका बहुमत सदस्यको अनौपचारिक बैठकमा गराएका थिए । 

मंगलवारको अनौपचारिक बैठकमा अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ पनि बैठकमा उपस्थित थिए । 

सचिवालयका बहुमत सदस्यको बैठक शुक्रवार पनि बसेका थियो । शुक्रवारको अनौपचारिक बैठकबाट उनीहरूले सचिवालय बैठक बोलाउन ओलीसँग लिखित आग्रह गर्ने निर्णय गरेका थिए । 

सचिवालयका ५ सदस्यले शनिवार ओलीसँग सचिवालय बैठक बोलाउन आग्रह गरेपनि ओली सहमत भएका थिएनन् ।

salt training

कमेन्ट गर्नुहोस्