३० जेठ २०८३, शनिबार

हङकङमा चीनविरोधी चार सांसद निलम्बित

कात्तिक २६, २०७७
हङकङमा चीनविरोधी चार सांसद निलम्बित

हङकङले बुधवार चारजना सांसदलाई निलम्बन गरेको छ । चीनले राष्ट्रिय सुरक्षाका लागि जिम्मेवार ठानिएका राजनीतिकर्मीलाई अयोग्य बनाउने अधिकार दिएलगत्तै ती सांसदहरू निलम्बित गरिएका हुन् । 

आफ्ना सहकर्मीहरूलाई अयोग्य ठहर गरिएमा सामूहिक राजीनामा दिने भनी १९ जना सांसदले सोमवार चेतावनी दिएका थिए । त्यसलगत्तै चारजनालाई निलम्बित गरिएको हो । 

चीनको शीर्ष संसदीय समिति द नेसनल पिपुल्स कांग्रेस स्ट्यान्डिङ कमिटीले राष्ट्रिय सुरक्षाका लागि खतरा मानिएका कुनै पनि सांसदलाई हङकङले हटाउन सक्ने नियम ल्याएपछि हङकङ सरकारले चारजनालाई हटाएको बयान जारी गरेको हो । 

हङकङमा लोकतन्त्रका लागि भइरहेको आन्दोलनका लागि यो ठूलो धक्का हो । चीनले राष्ट्रिय सुरक्षा कानून लगाएपछि हङकङमा लोकतन्त्रवादीहरूमाथि दमन भइरहेको छ । अभियन्ताहरू विदेश पलायन भइरहेका छन् । 

महिनौंसम्म विशाल र हिंस्रक विरोध प्रदर्शन भइरहेकोमा जुन महिनामा यो कानून लगाइएको हो । 

चीनका नेताहरूले आलोचकको टाउकोमाथि झुण्डिएको तरवारका रूपमा यसलाई व्याख्या गरेका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्