३० असार २०८३, मंगलबार

एमएएनआरएसमा हस्ताक्षर गर्ने नेपालको पहिलो आईएसपी बन्यो सुबिसु

कात्तिक २६, २०७७
एमएएनआरएसमा हस्ताक्षर गर्ने नेपालको पहिलो आईएसपी बन्यो सुबिसु

सुबिसु केबलनेट प्रालि म्यानुअल्ली एग्रिड नर्म्स फर राउटिङ सेक्युरिटी (एमएएनआरएस) मा हस्ताक्षर गर्ने नेपालको पहिलो आईएसपी बन्न सफल भएको छ । एमएएनआरएस भनेको राउटिङ सिक्युरिटी सम्बन्धी परामर्श दिनको लागि इन्टरनेट सोसाइटीले सुरु गरेको ग्लोबल पहल हो । जसले इन्टरनेट राउटिङमा हुने समस्याहरुलाई दीर्घकालीन रुपमा समाधान गरी राउटिङ सेक्युरिटी सम्बन्धी सुरक्षित तरिकाले काम गर्न ठूलो भूमिका खेल्ने बताइएको छ ।

एनटीएको साइबर सेक्युरिटी सम्बन्धी निर्देशिकामा एमएएनआरएसलाई हरेक आईएसपी, एनएसपी र टेल्कोसले अनिवार्यरुपमा लागू गर्नु पर्ने प्रावधान छ ।

इन्टरनेट जगतमा हरेक दिन साइबर सुरक्षा सम्बन्धी थुप्रै खालका घटना भइरहेका हुन्छन् । जसले गर्दा ग्लोबल इन्टरनेटमा नै विभिन्न समस्याहरु आइपर्छ । जस्तै राउट ह्याकिङ, राउट लिक, आईपी एड्रेस स्पुफिङ लगायतका नकारात्मक गतिबिधिहरुले गर्दा डीडीओएस एट्याक, ट्राफिक इन्सपेक्सन, लस अफ रेभिन्यु, रिपुटेसनल ड्यामेज, जस्ता समस्याहरु निम्त्याउँछ ।

एउटा आईएसपीको राउटिङ समस्यमले गर्दा ग्लोबल इन्टरनेटमै ब्यापक समस्या आइपर्ने हुँदा त्यो हुन नदिन एमएएनआरएसको ग्लोबल पहलमा सम्झौता गरिएको कम्पनीले विज्ञप्तिमार्फत जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्