२३ जेठ २०८३, शनिबार

वैज्ञानिकहरूले गरे कोरोनाभाइरसमा लुकेको खतरनाक जिनको पहिचान

कात्तिक २७, २०७७
वैज्ञानिकहरूले गरे कोरोनाभाइरसमा लुकेको खतरनाक जिनको पहिचान

कोरोनाभाइरसलाई जैविक प्रतिरोध र महामारी फैलाउने क्षमता प्रदान गर्ने लुकेको जिन वैज्ञानिकहरूले पत्ता लगाएका छन् । 

यो खतरनाक जिन भाइरसभित्र लुकेर बसेको थियो । 

अमेरिकी वैज्ञानिक र अनुसन्धाताहरूको एक टोलीका अनुसार, कोरोनाभाइरसको जिनोममा रहेका १५ वटा जिनको पहिचान खुलिसकेको छ । भाइरसविरुद्धको खोप वा औषधि विकसित गर्नका लागि यसले सहजता दिनेछ । 

यस अध्ययनको निष्कर्षलाई ई–लाइफ जर्नलमा प्रकाशन गरिएको छ । जिनभित्रको यो जिनले कोरोना संक्रमितको शरीरमा भाइरसको प्रतिकृति (कपी) बनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्छ । 

अमेरिकन म्युजियम अफ नेचुरल हिस्ट्रीमा कार्यरत तथा यस अनुसन्धान पत्रका लेखक चेस नेल्सनले भाइरसभित्र रहेको यो जिन कोरोनाको एक हतियार हुन सक्ने र भाइरसलाई प्रतिकृति बनाउनलाई सहायता गर्न सक्ने अनि

संक्रमितको प्रतिरोधक क्षमतालाई तारो बनाउने काम गर्न सक्ने बताएका छन् । 

पहिचान खुलेको जिनको नाम ओआरएफथ्रीडी राखिएको छ । सालकमा भेटिएको कोरोनाभाइरसमा पनि यो जिन भेटिएको अनुसन्धाताहरू बताउँछन् ।

salt training

कमेन्ट गर्नुहोस्