३१ असार २०८३, बुधबार

नेपालमै रासायनिक मल कारखाना खोलिने, सम्भाव्यता अध्ययनका लागि अर्थमन्त्री पौडेलको नेतृत्वमा कार्यदल गठन

कात्तिक २७, २०७७
नेपालमै रासायनिक मल कारखाना खोलिने, सम्भाव्यता अध्ययनका लागि अर्थमन्त्री पौडेलको नेतृत्वमा कार्यदल गठन

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमै रासायनिक मल उद्योग स्थापना गर्ने प्रस्ताव गरेका छन् ।

ओलीको प्रस्तावमा रासायनिक मल उद्योग खोल्न अर्थमन्त्री विष्णु पौडेल, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट र कृषि तथा पशुपंक्षी विकासमन्त्री घनश्याम भुसाल रहने गरी तीन सदस्यीय कार्यदलसमेत गठन गर्ने निर्णय सरकारले गरेको हो ।

मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गर्ने क्रममा सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले नेपालमै रासायनिक मल कारखाना खोल्न सम्भाव्यता अध्ययन शुरू गरिने जानकारी दिए । 

अर्थमन्त्री पौडेलको संयोजकत्वमा गठित कार्यदलले निकट भविष्यमै कुन मोडेलमा लगानी गर्ने हो, त्यसको सम्भाव्यता अध्ययन गर्नेछ ।

salt training

कमेन्ट गर्नुहोस्