२१ जेठ २०८३, बिहीबार

खुमलटारमा बिहीवार पनि ५ नेताको भेला, सचिवालय बैठकमा एक मतका साथ प्रस्तुत हुने !

कात्तिक २७, २०७७
खुमलटारमा बिहीवार पनि ५ नेताको भेला, सचिवालय बैठकमा एक मतका साथ प्रस्तुत हुने !

भोलि बस्ने सचिवालय बैठकका विषयमा अध्यक्ष प्रचण्डसहित नेकपा सचिवालयका ५ जना सदस्यले बिहीवार छलफल गरेका छन् ।

प्रचण्ड निवास खुमलटारमा प्रचण्डका अलावा वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशबीच बिहीवार अपराह्न छलफल भएको स्रोतले जानकारी दियो ।

पटक–पटकको आग्रह र अल्टिमेटमपछि प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली सचिवालय बैठक बोलाउन राजी भएका थिए । ओली बैठक बोलाउन राजी भएपछि शुक्रवार अपराह्नका लागि नेकपा सचिवालय बैठक तय भएको छ ।

बिहीवारको भेटमा ५ नेताले भोलिको बैठकमा एक मतका साथ प्रस्तुत हुने विषयमा छलफल भएको स्रोतको दाबी छ ।

पार्टी स्थायी कमिटीले गरेका निर्णयहरू कार्यान्वयन गर्न प्रधानमन्त्री ओली उदासीन देखिएको, मन्त्रिपरिषद् हेरफेर तथा राजदूत नियुक्ति लगायतमा कुनै परामर्श नगरेको भन्दै प्रचण्ड-नेपाल लगायतका नेताहरू असन्तुष्ट छन् ।

यस विषयमा बैठक नै बसेर छलफल गर्नुपर्ने माग प्रचण्ड-नेपाल पक्षले राख्दै आएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्