
किशोरावस्थामा पर्याप्त मात्रामा पाइने निन्द्राबाट उनीहरु सामाजिक तनावलाई बृहत रुपमा सामना गर्न सक्छन्। मिशिगन स्टेट यूनिभर्सिटी र फोर्डहेम यूनिभर्सिटीका शोधकर्ताले यो दाबी गरेका हुन्।
पर्याप्त र धेरै निन्द्रामा रहने किशोरावस्थामा रहेकाहरु मात्र तनावसँग जुध्न सक्ने दाबी गरिएको छ। उनीहरुमा भेदभावको सामना पनि मद्दत मिल्छ।
मिशिगन स्टेट यूनिभर्सिटीका प्रोफेसर यिजिहे वांगका अनुसार शोधमा किशोरावस्थामा रहेकालाई सामाजिक चुनौतीको सामना गर्न निन्द्राको के भूमिका छ भनेर अध्ययन गरिएको थियो।
वांगका सहयोगी टिफिनी यिपले बताएका छन् बच्चा र वयस्कलाई हाइस्कूल पढ्दा कम सुत्नपर्ने बाध्यता चुनौतीको रुपमा औँल्याइएको छ। उनीहरुको व्यस्त समयतालिका, जसमा बिहानै उठ्नुदेखि चाँडै स्कुल जानुपर्ने, पढाईको तनाव, बढ्दो उमेरमा देखिने बदलावका कारण तनावमा रहन्छन्।
हाई स्कूलको पढाइको क्रममा किशोरहरुको सामाजिक दायरा पनि बढ्न थाल्छ। जसबाट तनाव पनि बढ्छ।