०३ असार २०८३, बुधबार

उत्तर कोरियाले अमेरिकासँग वार्ता गर्ने इच्छा देखायो

कात्तिक २०, २०७४
उत्तर कोरियाले अमेरिकासँग वार्ता गर्ने इच्छा देखायो

काठमाडौं, ३० वैशाख — उत्तर कोरियाले ‘सही परिस्थिति बनेमा’ अमेरिकासँग वार्ता गर्न तयार रहेको दक्षिण कोरियाका सञ्चारमाध्यमले जनाएका छन् ।


उत्तर कोरियाका एक वरिष्ठ कूटनीतिज्ञले अमेरिकाको ट्रम्प प्रशासनसँग संवादको सम्भावना रहेको जानकारी दिए । उनले नर्वेमा पूर्वअधिकारीहरुसँगको वार्तापछि यस्तो सम्भावना रहेको बताएकी हुन् । 

मे महिनाको शुरुतिर डोनाल्ड ट्रम्पले पनि किम जोङ–उनलाई भेट्न पाउन आफ्ना लागि ‘सम्मानको कुरा’ भएको बताएका थिए ।

उत्तर कोरियाको ब्यालिस्टिक क्षेप्यास्त्र र आणविक कार्यक्रमका कारण बढिरहेको तनावका बीच यी टिप्पणीहरू आएका हुन् ।

यसैबीच उत्तर कोरियाको विदेश मन्त्रालयमा उत्तर अमेरिकी सम्बन्ध हेर्ने अधिकारी चोए सोन–हुईले बेइजिङमा पत्रकारहरूसँग बोल्दै प्योङयाङ र वाशिङटनबीचको द्विपक्षीय वार्तामाथि विचार गरिने बताइन् ।

तर अमेरिकासँग वार्तामा बस्नका लागि उत्तर कोरियाले आणविक हतियार कार्यक्रम त्याग्न वा सीमित गर्न सहमति जनाउनुपर्ने सम्भावना रहेको बीबीसी संवाददाता स्टिफन इभान्स बताउँछन् ।

बीबीसीबाट

salt training

कमेन्ट गर्नुहोस्