३० असार २०८३, मंगलबार

नेकपा विवाद– १८ गते स्थायी कमिटी, केन्द्रीय कमिटी बैठक २५ गते

नेकपा विवाद– १८ गते स्थायी कमिटी, केन्द्रीय कमिटी बैठक २५ गते

नेकपा स्थायी कमिटीको बैठक मंसिर १८ गते बस्ने भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बुधवार बसेको सचिवालय बैठकले १८ गते स्थायी कमिटी बैठक र २५ गते केन्द्रीय कमिटी बोलाउने निर्णय भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

सचिवालय बैठक मंसिर १३ गते बस्नेछ ।

यसअघि मंसिर १५ देखि बोलाइएको केन्द्रीय कमिटी बैठक १० दिन पर सरेको हो ।

१३ गते बस्ने सचिवालय बैठकमा नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले छुट्टै राजनीतिक प्रतिवेदन पेश गर्ने जानकारी आएको प्रवक्ता श्रेष्ठले बताए । 

अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गत शुक्रवार नै राजनीतिक दस्तावेज पेश गरेका छन् ।
 

salt training

कमेन्ट गर्नुहोस्