२७ असार २०८३, शनिबार

अध्यक्ष केसी घर फिर्ता

अध्यक्ष केसी घर फिर्ता

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी कोभिड–१९ निको भएर घर फर्किएका छन् ।

निमोनिया र कोरोना सङ्क्रमण भएपछि गत कात्तिक २५ गते उपचारका लागि  मेडिसिटी अस्पताल, ललितपुरमा भर्ना भएका उनी मङ्गलवार अस्पतालमुक्त भएका हुन् ।

अध्यक्ष केसीले आज विज्ञप्ति जारी गरी शुरुमा उपचारमा लाग्ने खर्च पार्टी र शुभचिन्तकको सहयोगमा जुटाउने भनिएकामा पछि नेपाल सरकारले उपचार खर्च व्यहोर्ने निर्णय गरेको उल्लेख गर्दै उपचारमा सघाउने स्वास्थ्यकर्मी, आफ्नो पार्टी, शुभचिन्तक र सरकारलाई धन्यवाद दिएका  छन् ।
 

salt training

कमेन्ट गर्नुहोस्