२५ जेठ २०८३, सोमबार

बास्कोटाको प्रश्न : कम्पनी कमान्डरमा चित्त बुझाउने कि एकीकृत पार्टीको नेतृत्व गर्ने ?

बास्कोटाको प्रश्न :  कम्पनी कमान्डरमा चित्त बुझाउने कि एकीकृत पार्टीको नेतृत्व गर्ने ?

 पूर्व सञ्चार तथा सूचना प्रविधि मन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता गोकुल बास्कोटाले नेकपाका दोस्रो पुस्ताका नेताहरूको समयले परीक्षण मागेको बताएका छन् । 

पार्टीभित्रको आन्तरिक विवाद बढ्दै जाँदा शुक्रवार बिहान उनले यस्तो बताएका हुन् । 

उनले दोस्रो पुस्ताका नेताहरूले कुनै विभाजित टुकडीको कम्पनी कमान्डरमा चित्त बुझाउने की विशाल पार्टीमा सार्थक सैद्धान्तिक, वैचारिक  तथा साङ्गठानिक हस्तक्षेपद्वारा एकीकृत पार्टीको नेतृत्व गर्ने भन्दै प्रश्न सोधेका छन् । 

ट्वीटरमा उनले लेखेका छन्,'नेकपाको दोस्रो पुस्ता (शंकर,जनार्दन,प्रदीप,टोपबहादुर,योगेश,सुरेन्द्र,बिष्णु) हरुले निकटताको पहिचान बोकेर विभाजित टुकडीको कम्पनी कमान्डरमा चित्त बुझाउने कि विशाल पार्टीमा सार्थक सैद्धान्तिक,वैचारिक,साङ्गठानिक हस्तक्षेपद्वारा एकीकृत पार्टीको नेतृत्व गर्ने ? अब समयले परिक्षण माग्यो।'

salt training

कमेन्ट गर्नुहोस्