३१ असार २०८३, बुधबार

निर्वाचन आयोगले भन्यो – दुई ठाउँ बाहेक अन्यत्र शान्तिपूर्ण

कात्तिक २०, २०७४
निर्वाचन आयोगले भन्यो – दुई ठाउँ बाहेक अन्यत्र शान्तिपूर्ण
काठमाडौं, ३१ वैशाख – निर्वाचन आयोगले ३४ जिल्ला मध्ये दोलखा र काभ्रेका एक/एक वटा मतदान केन्द्र बाहेकका अन्य ठाउँमा शान्तिपूर्ण मतदान भइरहेको जनाएको छ ।

पहिलो चरणको स्थानीय निर्वाचन अन्तर्गत ती दुई ठाउँमा मात्रै अबरोध भइरहेको निर्वाचन आयोगले जनाएको छ । दोलखाको विगु र काभ्रेको नमबुद्ध गाउँ पालिकामा समस्या भएको हो ।

३४ जिल्लाका २८३ स्थानीय तहको निर्वाचनका लागि आइतबार बिहान ७ बजेबाट शान्तिपूर्ण र उत्साहजनकरुपमा मतदान कार्य सुरु भएको छ । आज २८३ वटा स्थानीय निकायका लागि मतदान गर्ने कार्यक्रम रहे पनि दुईवटा स्थानीय तहमा यसअघि नै निर्विरोध निर्वाचित भइसेककाले २८१ स्थानीय निकायमा मात्रै मतदान हुँदैछ ।

salt training

कमेन्ट गर्नुहोस्