३१ असार २०८३, बुधबार

पाकिस्तान र चीनले आफूविरुद्ध षड्यन्त्र गरेको भारतको आरोप

मंसिर ३, २०७७
पाकिस्तान र चीनले आफूविरुद्ध षड्यन्त्र गरेको भारतको आरोप

भारत र चीनबीच पूर्वी लद्दाखमा वास्तविक नियन्त्रण रेखामा चलिरहेको तनाव रोकिने लक्षण देखिँदैन । 

भयंकर जाडो शुरू भइसकेको भए पनि दुवै पक्षले आफ्ना सैनिकलाई आमनेसामने राखिरहेका छन् । 

यसैबीच भारतका सुरक्षा एजेन्सीहरूले जम्मु–कश्मीरको नगरोटामा जैश–ए–मोहम्मदको आतंकवादी षड्यन्त्रको भण्डाफोर गरेको र जैशलाई पाकिस्तान र चीनले साथ दिएको भनी भारतीय दैनिक पत्रिका नवभारत टाइम्सले लेखेको छ । 

सूत्रहरूको हवाला दिँदै पत्रिकाले लेखेअनुसार, आतंकवादी आक्रमण बढाएर भारतलाई लद्दाखमा पछि हट्न तथा आफ्नो शर्त मान्न दबाब दिने चीनको रणनीति हुनसक्छ । 
 

जैशका आतंकवादीहरूलाई भारतीय सुरक्षाकर्मीले मारेका छन् । उनीहरूको मोबाइलमा मेसेज हेर्दा यस षड्यन्त्रमा इस्लामाबादको समर्थन रहको स्पष्ट हुन्छ । चीनले यसमा पाकिस्तानलाई साथ दिएको माथिल्लो सूत्रले बताएको छ । 

पाकिस्तान र चीन दुवैले कश्मीरको विशेषाधिकार खोसिएको कदमको विरोध गरेका थिए । 

उक्त कदमपछि नै पाकिस्तानी सेना र गुप्तचर निकाय आईएसआईले कश्मीरमा ठूलो कारवाही गर्ने षड्यन्त्र रहिरहेका थिए । यस्तो आतंकवादी आक्रमणले भारतलाई ब्याकफूटमा ल्याउने र सीमाबाट सैनिक हटाउने उसको शर्त मान्न बाध्य बनाउने चीनको सोच रहेको बताइएको छ ।

बिहीवार तीन घन्टा भएको नागरोटमा भएको भिडन्तमा चारजना आतंकवादी मारिएका थिए । उनीहरूबाट ११ वटा एके–४७ राइफल, तीन पिस्तोल, २९ ग्रिनेड र मोबाइल फोनहरू बरामद भएका छन् । 
 

आतंकवादीहरूले सीमा पार गर्नका लागि सुरुङ उपयोग गरेका थिए । त्यहाँ कराचीमा बनेका बोरा उपयोग गरिएको पाइयो । सुरुङ साम्बा जिल्लासम्म पुग्छ । भारतीय सेनाले यस्ता सुरुङको पहिचान गर्न ठूलो अभियान शुरू गरेको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्