
जमुनापुर हेल्थ सोसाइटी रत्ननगर चितवनले निर्माण गर्न लागेको सामुदायिक भवन शिलान्यास तथा सम्मान कार्यक्रमलाई आज सम्बोधन गर्दै उहाँले संविधान कार्यान्वयनका लागि निर्वाचन गर्नुपर्ने हुँदा संसद् रोकेर बाधा नपु-याउन प्रतिपक्षलाई आग्रह गर्नुभयो ।
उहाँले लोकतान्त्रिक पद्धतिको विरुद्धमा नेकपा (एमाले) जस्तो जिम्मेवार पार्टी लाग्न नहुने बताउनुभयो । तत्कालीन समयमा एमालेको नेतृत्वमा नै सरकार रहँदा जुन प्रस्ताव नेपाली काँग्रेसका तत्कालीन सभापति सुशील कोइराला, एमालेका अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सहमति गरी लैजान लाग्दा मधेसी मोर्चाले नमानेपछि रोकिएको भन्दै उहाँले अहिले विरोध गर्नुको अर्थ नरहेको बताउनुभयो ।
विसं २०७४ माघसम्ममा तीनै तहको निर्वाचन गर्न सरकार तयार रहेको भन्दै संसद् नै रोकेर काम अघि बढाउन नदिनु विपक्षी र जिम्मेवार दलले खेल्नुपर्ने भूमिका नभएको उहाँले बताउनुभयो । राष्ट्रियताको सवालमा नेपाली काँग्रेस कोही कसैसँग नझुक्ने भन्दै उहाँले बरु सरकार छाड्न काँग्रेस तयार छ तर राष्ट्रियताको सवालमा झुक्दैन भन्नुभयो ।
सो अवसरमा चितवन क्षेत्र नम्बर २ का सांसद शेषनाथ अधिकारीले सामुदायिक भवन निर्माणका लागि आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने बताउनुभयो ।