×

NMB BANK
NIC ASIA

द्रुतमार्ग निर्माणले गति लियो, हालसम्म के–के काम भए के–के हुने क्रममा छ ? (विवरणसहित)

मंसिर ९, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

नेपाली सेनाको प्रत्यक्ष व्यवस्थापनमा राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको काठमाडौँ–तराई–मधेश द्रुतमार्ग निर्माण कार्यले गति लिन थालेको छ । जसबाट द्रुतमार्ग निर्माण समय सीमाभित्र सम्पन्न हुने सम्भावनामा गुणात्मक वृद्धि भएको नेपाली सेनाले जनाएको छ ।

Muktinath Bank

 ७२.५ किलोमिटर लामो यो आयोजना बागमती र प्रदेश २ का चारवटा जिल्लाहरु ललितपुर, काठमाण्डौं, मकवानपुर र बारा हुँदै निजगढलाई अन्तिम विन्दुको रुपमा प्रस्ताव गरिएको छ ।
 लामो समयसम्म डीपीआर उपलब्ध नहुनु र उपलब्ध भइसके पछिपनि स्वीकृती हुन नसक्नु, अन्तराष्ट्रिय परामर्शदाताको छनौटमा ढिलाइ हुनु र कोभिड-१९ को असरले समेत आयोजनाले आशातीत गति लिन नसकेकामा हाल आएर  आवश्यक प्रक्रियाहरु पूरा भएकाले निर्माण कार्यले गति लिएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आयोजनाको समस्टिगत कार्य विवरण अनुसार हाल छैठौं चरणमा चलिरहेको छ भने हाल सम्म वार्षिक प्रगति भौतिक तर्फ ४२.८५ प्रतिशत र  वित्तीय तर्फ  ४२.८० प्रतिशत रहेको छ । यस्तै समस्टिगत प्रगति भौतिकतर्फ १६.२१ प्रतिशत र वित्तीय तर्फ ९.५२ प्रतिशत रहेको छ । यस आयोजनाको वित्तीय प्रगति विवरण अनुसार हालसम्मको कुल १६ अर्व ६६ करोड खर्च भएको छ ।


Advertisment
Nabil box
Kumari

मन्त्रिपरिषद्को  २०७४ बैशाख २१ गतेको निर्णय अनुसार आर्थिक ०७४–७५ बाट नेपाली सेनालाई निर्माण व्यवस्थापनको जिम्मेवारी प्राप्त भएकोमा ०७६ भदौ १ गते मात्र डीपीआर स्वीकृत भएको  थियो । डीपीआर अनुसार आयोजनाको अनुमानित लागत १७५ अर्ब अर्व रहेको छ भने आर्थिक वर्ष ०८०–८१२ मा निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

Vianet communication
Laxmi Bank

आयोजनाको प्रगति विवरण विस्तृतमा

हालसम्मको समष्टिगत कार्य प्रगति
३.    यस आयोजनाको समष्टिगत कार्य विवरण अनुसार हाल छैठौ चरणमा चलिरहेको छ । हाल सम्म यस आयोजनाको वार्षिक प्रगति भौतिक तर्फ ४२.८५ प्रतिशत र  वित्तिय तर्फ  ४२. ८० प्रतिशत रहेको तथा समष्टिगत प्रगति भौतिक तर्फ १६.२१ प्रतिशत रहेको छ भने वित्तिय तर्फ 9.५२ प्रतिशत रहेको छ । यस आयोजनाको वित्तीय प्रगति विवरण अनुसार हालसम्मको कुल वित्तिय खर्च 16 अर्व 66 करोड रहेको   छ ।

संरचनागत कार्य प्रगति
4.    काठमाडौं-तराई/मधेश द्रुतमार्ग सडक खण्ड आयोजनाको कुल लम्वाई ७२.५ कि.मी. मध्ये ३ वटा सुरुङ्ग मार्गको जम्मा लम्बाई ६.४१ कि.मी., विभिन्न पुलहरुको लम्बाई १०.५९ कि.मी. र ढुङ्गा माटोको Cut/Fill गर्नुपर्ने सडक खण्डको लम्बाई ५५.५ कि.मी.रहेको छ । जस अन्तरगत आयोजनाको 44.1 कि.मी. सडक खण्डको Sub-grade Level सम्म तयार गर्न समष्टिगत माटो काट्ने/पुर्ने (Cutting and filling) कार्यहरु हालसम्म ८८ % सम्पन्न भएको छ । २०७७ साल कार्तिक महिनासम्म सो आयोजनाको कुल कार्य अंशको थप ५.१०% काम सम्पन्न भई आयोजनाको कुल कार्यको १६.२१% प्रगति हासिल भएको छ ।

सुरुङ्ग खण्ड निर्माण  
6.    सुरुङ्ग निर्माण सम्बन्धी Geotechnical तथा Geophysical Investigation कार्यको लागि राष्ट्रिय परामर्शदाता छनौट भई कार्य सुचारु गरिएकोमा Geophysical Investigation को Field कार्य सम्पन्न भई Report तयार गर्ने कार्य सम्पन्न भई  हाल मुल्याङ्कनको कर्य भइरहेको छ । Geotechnical Investigation अन्तर्गत महादेवटार (9), धेद्रे (5) र लेनडांडा (4) गरी  कुल १८ गोटा Bore Holes Drilling गर्ने कार्य अन्तिम चरणमा रहेको छ । Drilling कार्य सम्पन्न भएका Sample हरुको Test गर्ने कार्य समेत शुरु गरिएको छ भने अन्तराष्ट्रिय परामर्शदाताको परामर्श अनुसार थप Drilling तथा Test गर्ने कार्य भईरहेको  छ । सुरुङ्ग मार्ग निर्माण कार्यको लागि सक्षम अन्तर्राष्ट्रिय निर्माण व्यवसायी छनौट गर्न Prequalification (PQ) आह्वान गरिएकोमा मिति 2077/05/30 गते Pre-Bid Meeting र मिति 2077/06/14 गते Bid Submission को कार्य सम्पन्न भई हाल मूल्याङ्कनको कार्य भइरहेको छ । मुल्याङ्कनको कार्य यहि मंसीर मसान्त सम्म सम्पन्न भइ कम्पनिहरुको Shortlisting गरीने र सोही अनुसार उनिहरुलाइ Bid Document पौष महिनाको १५ गते सम्म प्रदान गरी सक्ने लक्षका साथ कार्य भइरहेको छ । यो कार्य तालिका अनुसार चैत्र महिनासम्ममा सम्झौता सम्पन्न भइ सुरुङ्ग मार्गको कार्य शुरु गर्ने लक्ष रहेको छ ।

ठेक्का वन्दोवस्तीको स्थिति
7.    ढुङ्गा माटो तथा संरचना निर्माण कार्य अन्तर्गत आ.ब. ०७४/७५ मा 20 वटा  र आ.ब.०७५/७६ मा १० वटा प्याकेज गरी 30 वटा प्याकेजमा राष्ट्रिय निर्माण व्यवसायीद्वारा निर्माण कार्य संचालन गरिएको थियो जस अन्तर्गत कुल 30 X प्याकेजहरुको  ठेक्का प्याकेजहरु मध्ये 15 X प्याकेजहरुको कार्य सम्पन्न भएको छ भने ४ X प्याकेजहरुको न्यून प्रगति तथा साइट अवस्थाको कारण Termination को लागि नियमानुसारको कारवाही अगाडी बढाईएको छ । जस अनुरुप विश्व महामारी कोभिड-19 को सन्दर्भमा नेपाल सरकारको मिति २०७७/०३/२९ गतेको निर्णय अनुसार ११ X प्याकेजहरुको ६ महिना ठेक्का समयावधी थप गरी निर्माण कार्य सुचारु राखिएको छ ।

८.    आ.ब. ०७6/७7 मा 20 वटा NCB (National Competitive Bidding)  Packages र १ वटा  ICB (International Competitive Bidding) Package अन्तर्गत  ठेक्का वन्दोवस्त भएको मा NCB Packages अन्तर्गत सुरुङ्ग मार्ग निर्माण कार्यको लागि आवश्यक हुने Geophysical & Geotechnical Investigation सम्वन्धी ठेक्का वन्दोवस्त एवं बेलीवृज Abutment निर्माण, बृक्षारोपण कार्य, आयोजनाको लागि आवश्यक उपकरण तथा सामाग्री खरिद लगायतका ठेक्का वन्दोवस्त गरिएको थियो । ICB ठेक्का वन्दोवस्त अन्तर्गत आयोजनाको डिजाइन तथा कन्स्ट्रक्शन सुपरभिजनको लागि अन्तर्राष्ट्रिय परामर्शदाता M/S YOOSHIN Engineering Corporation, Korea JV  छनौट भई  मिति २०७७/०२/०२ गते ठेक्का सम्झौता भए अनुसार मिति २०७७/03/31 गते (July 15 2020) Commencement  भई कार्य सुचारु गरिएको छ ।
पुल निर्माण कार्य
९.    पुल निर्माण सम्बन्धी ६ वटा  NCB (National Competitive Bidding) प्याकेज अन्तर्गत Geotechnical Investigation कार्यको लागि आवश्यक राष्ट्रिय परामर्शदाता छनौट गर्न EOI (Expression of Interest) मूल्याङ्कन कार्य सम्पन्न गरी सुचिकृत हुन सफल भएका (Short Listed) परामर्शदाताहरुवाट RFP (Request For Proposal) माग गरिएकोमा मिति 2077/5/25 गते खोलुवा भई मूल्याङ्कनको क्रममा रहेको छ ।

बेलिबृज निर्माण कार्य
१०.    सुरुङ्ग एवं पुल निर्माण लगायतका कार्यमा सहजताको लागि पहुंच मार्ग (Access Road) निर्माण गर्ने कार्य भई रहेको छ भने पहिलो प्राथमिकतामा 3 वटै सुरुङ्ग खण्डको Inlet तथा Outlet Portal जोड्ने गरी Access Road निर्माणको कार्य अगाडि बढाइएको छ । आयोजनास्थलको विभिन्न पहुंच मार्ग सडक खण्डमा १२ गोटा बेलिबृज जडान गर्ने योजना मुताबिक Abutment निर्माणको कार्य भइरहेको र निजगढमा २ गोटा बेलिबृज जडान भइसकेको छ । हाल राजदमार, धेद्रे, सिस्नेरी र खोकनामा Abutment निर्माण कार्य सुचारु गरिएकोमा खोकना विवादको कारण खोकना Abutment साइट अवरुद्ध भएको छ ।  

ल्याब सेटअप
1१.    मख्खुवेशी, महादेवटार, लेनडांडा, राजदमार र निजगढ गरी ५ स्थानमा ल्याब भवन निर्माण भई आधारभुत Basic Lab Equipment जडान गरी आयोजनाको निर्माणको आधारभुत गुणस्तर परीक्षणको व्यवस्था मिलाइएको छ भने अन्तराष्ट्रिय परामर्शदाताको परामर्श अनुसार Advance Lab Equipment हरु समेत थप गर्ने व्यवस्था मिलाईएको छ ।

जग्गा अधिग्रहण तथा मुआब्जा वितरण सम्बन्धी कार्य प्रगति (आ.व.2076/77)
1२.    यस आयोजना अन्तर्गत अधिग्रहण गर्नको लागि प्रकाशित सूचना मध्ये हालसम्म 84 प्रतिशत जग्गाको मुआब्जा लगिसकेको छ भने 16 प्रतिशत जग्गाको मुआब्जा सम्बन्धितहरुले लैजान बांकी रहेको छ । जस अनुसार मकवानपुर जिल्ला अन्तर्गतको 99 रोपनी जग्गाको पुर्जा तयार भई सम्वन्धित जग्गाधनीहरुलाई मुआब्जा रकम बितरण गर्ने कार्य सम्पन्न भएको र खोकना ईलाकाको द्रुतमार्ग रेखाङकनमा परेका स्थानमा स्थानीय विवादको कारण जग्गा प्राप्तिमा बाधा परेको र सो सम्वन्धमा समस्या समाधानको लागि आवश्यक समन्वय तथा पहल भइरहेको ।

रुख कटान तथा व्यवस्थापन सम्बन्धमा
1३.  मकवानपुर जिल्ला वन कार्यालय तथा सामुदायिक वन उपभोक्ता समितिसंग समन्वय गरी बागदेव ईलाकाको मौरीभिरमा हालसम्म २67 वटा रुख कटान गरिएको र उक्त ईलाकाको बांकी रुख कटान कार्य सुचारु रहेको छ भने धेद्रे सुरुङ्ग मार्गको Exit Portal  इलाकाको रुख कटान कार्य शुरु गरी 471 वटा मध्ये 50 वटा रुख काटिएको छ । रुख कटान भए अनुसार 1:25 को अनुपातमा बृक्षारोपण कार्य गर्दै जाने योजना मुताविक चालु आ.व.को कार्तिक महिनासम्ममा फलफूलका विरुवाहरु 19022 र अन्य प्रजातीका विरुवाहरु 157494 गरी  कुल जम्मा 176516 वृक्षारोपण गरिएको छ । जसमध्ये कार्तिक महिनामा मात्र अन्य प्रजातीका विरुवाहरु 12968 वृक्षारोषण गरिएको छ ।

अन्तर्राष्ट्रिय परामर्शदाता छनौट
1४.    काठमाण्डौ-तराई/मधेश द्रुतमार्ग (Expressway) सडक आयोजनाको डिजाइन तथा कन्स्ट्रक्शन सुपरभिजनको लागि अन्तर्राष्ट्रिय परामर्शदाता M/S Yooshin Engineering Corporation, Korea JV संग मिति 2077/02/02 गते परामर्शसेवा ठेक्काको सम्झौता भए अनुरुप उक्त जे.भि.का टिम लिडर नेपाल आई कार्य प्रारम्भ गरेको छ । उक्त जे.भि.को Local Associate consultants को विज्ञहरु सहितको टोलीद्वारा फिल्ड सर्भेको कार्य सुचारु गरिएको छ । हाल उक्त जे.भि.अन्तर्गत Korea बाट Chief Coordinator -1, Chief Surveyor- 1, Geotechnical Engineer-1, Highway Design Engineer-1, Bridge Design Engineer-1, Tunnel Design Engineer-1, Senior Geologist-1 र Road Safety/Traffic Engineer-1  आई कार्य प्रारम्भ भइरहेको छ ।

अन्य कार्यहरु
1५.    आयोजनाको समष्टिगत वातावरण प्रभाव मूल्याङ्कन (EIA) प्रतिवेदन तयार भई नेपाली सेनामा हस्तान्तरण हुनु पूर्व स्वीकृत भइसकेको छ । हाल आयोजनामा सुरुङ्ग मार्ग र पुल निर्माण सम्वन्धमा केही परिमार्जन भए अनुरुप आवश्यक थप Environment Impact Assessment (EIA)  तथा Environment Management Program  (EMP)  सम्वन्धी  कार्य भईरहेको छ  । पहुंच मार्गमा पर्ने रुख कटानको लागि वन कार्यालयसंग समन्वय गरी सम्बन्धितबाट स्वीकृति लिने तर्फ आवश्यक कारवाही अगाडी बढाइने   छ ।

आ.व.2077/78 को बार्षिक कार्यक्रम तथा कार्यान्वयन कार्ययोजना
1६.    यस आयोजनाको लागि चालु आ.ब.०७७÷०७८ को पुंजीगत तर्फ ८ अर्व ८४ करोड र चालु तर्फ ९ करोड ८४ लाख गरी जम्मा ८ अर्व ९३ करोड ८८ लाख बजेट विनियोजन भएको छ ।

आ.व.2077/078 को नीति तथा कार्यक्रम र बजेट कार्यान्वयन कार्ययोजना
1७.    आर्थिक वर्ष 2077/078 को नीति तथा कार्यक्रम र बजेट कार्यान्वयन कार्ययोजना अनुसार मुख्य क्रियाकलापहरु यस प्रकार छन् ।
(क)    सुरुङ्गमार्ग प्याकेजको ठेक्का व्यवस्थापन भई कार्य सुचारु हुने छ ।
(ख)    4 कि.मी. ढुङ्गा-माटोको कार्य (फर्मेशन लेभलसम्म निर्माण हुने) छ ।
(ग)    807 रोपनी जग्गा अधिग्रहण/प्राप्ति गरिने छ ।
(घ)    1150 वटा रुख कटान गरिने तथा वृक्षारोपण कार्य सुचारु राखिने छ ।


आयोजना निर्माणको समष्टिगत कार्य योजना (Holistic Plan)
1८.    समष्टिगत कार्य योजना अनुसार आयोजनाको कार्य क्षेत्रलाई ११ वटा विभिन्न कलस्टरमा विभाजन गरी आ.ब.२०८०/81 सम्म कार्य सम्पन्न गर्ने लक्ष्य राखिएको छ । EPC, design and build र Unit rate contract आधारित भई ठेक्का बन्दोबस्त गर्ने योजना रहेको छ ।जसअनुसार सुरुङ्ग मार्ग पुल तथा express way निर्माण एवं slope stabilization को कार्य एकै समयमा सम्पादन गर्ने गरी कार्य योजना तयार गरिएको छ ।Holistic plan अनुसार निर्माण कार्यको समिष्टिगत क्षेत्रगत package लाई ११ वटा कलस्टरहरुमा विभाजन गरिएको छ ।

COVID-19 को प्रभाव सम्बन्धमा
१९.    हाल विश्वव्यापी महामारीको रुपमा रहेको COVID -19 को प्रभावको कारण आयोजना निर्माण कार्यमा चुनौती थपिएको छ । गत आ.ब.को लक्ष्य अनुरुपको कार्य प्रगति समेत प्रभावित भएको छ ।

संक्षेप
2०.    नेपाल सरकारबाट नेपाली सेनालाई प्राप्त जिम्मेवारी अनुरुप राष्ट्रको विकास र समृद्धिको लागि कोशेढुङ्गा सावित हुने राष्ट्रिय गौरवको यस काठमाण्डौ-तराई/मधेश द्रुतमार्ग सडक आयोजना पारदर्शी एवं गुणस्तरीय रुपमा लक्षित समयमै सम्पन्न गर्ने गरी समष्टिगत कार्य योजना अनुसार हालको विश्वव्यापी COVID-19 महामारी लगायत विभिन्न चुनौतीको बाबजुद आयोजना निर्माण कार्यलाई तदारुकताका साथ अगाडि बढाइएको छ । नेपाल सरकारद्वारा निर्दिष्ट भए अनुरुप नेपाली सेना राष्ट्रिय गौरव एवं रणनीतिक महत्वको यस द्रुतमार्ग सडक आयोजना सफलतापूर्वक सम्पन्न गर्न कटिबद्ध रहि आएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २८, २०८०

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x