
कैलालीको चौमालामा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा मंगलवार राति १ जनाको मृत्यु भएको छ ।
गौरीगंगा नगरपालिकाको चौमालामा मंगलवार राति करीब १० बजे ना३ख ५९४२ नम्बरको ट्रकले सुप प्र ०१०० प ९७६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा १ जनाको मृत्यु भएको क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।
सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालयका अनुसार दुर्घटनामा परी मोटरसाइकल चालक गोदावरी नगरपालिका–४ बस्ने २२ वर्षीय अर्जुन चौधरीको मृत्यु भएको हो ।
गम्भीर घाइते भएका चौधरीको उपचारका क्रममा राति साढे १० बजे सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परी मोटरसाइकलको पछाडि सवार सोही ठाउँका २४ वर्षीय प्रेम चौधरी घाइते भएका छन् । उनको सेती अस्पतालमा उपचार भइरहेको छ ।
ट्रक र चालक तथा कञ्चनपुरको कृष्णपुर नगरपालिका–७ का ४१ वर्षीय पुष्कर कुँवरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।