चन्द्रागिरिले साधारण शेयर बिक्री गर्ने

फाइल फोटो

वास्तविक क्षेत्रलाई समेत शेयर बजारमा ल्याउने लक्ष्यसाथ सरकारले अगाडि बढाएको नीतिअनुसार नै काठमाडौं उपत्यकामा केबलकार सञ्चालन गर्दै आएको चन्द्रागिरि हिल्स लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ ।

कम्पनीले मंसिर १७ गतेदेखि साधारण शेयर बिक्री गर्ने भएको छ ।


Advertisement

नेपाल धितोपत्र बोर्डले साधारण शेयर बिक्रीका लागि अनुमति समेत प्रदान गरिसकेको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीयलाई शेयर बिक्री गर्ने भएको छ । विवरणअनुसार पहिलो चरणको साधारण शेयर बिक्री छिटोमा आगामी पुस १ गतेसम्म र ढिलोमा आगामी पुस १६ गतेसम्म हुनेछ ।

कम्पनीले आयोजना प्रभावितका लागि प्रतिशेयर १०० रुपैयाँका दरले ३ लाख ६ हजार ८१९ कित्ता बिक्री गर्नेछ । आयोजना प्रभावित क्षेत्रमा काठमाडौं जिल्लाअन्तर्गत चन्द्रागिरि नगरपालिका ३, ४, ६ र ७ साविक थानकोट गाविसाका सम्पूर्ण वडा र साविक महदेवस्थान गाविसको वडा नम्बर ३, ४, ५, ६, ७, ८ एवं मकवानपुर जिल्लाको थाहा नगरपालिका वडा नम्बर ९ र १० रहेका छन् । 


Advertisement

बिक्री प्रबन्धकका अनुसार कम्पनीको साधारण शेयरमा न्यूनतम १० कित्तादेखि अधिकतम ३ हजार ६० कित्तासम्म आवेदन दिन सकिनेछ । दोस्रो चरणमा आम सर्वसाधारणका लागि १५ लाख ३४ हजार ९१ कित्ता शेयर बिक्री गरिने छ । कम्पनीले सर्वसाधारण र स्थानीयलाई गरी कूल १८ लाख ४० हजार ९१० कित्ता शेयर बिक्री गर्नेछ । धितोपत्र बोर्डबाट कम्पनीले १८ करोड ४० लाख रुपैयाँ बराबरको साधारण शेयर बिक्रीका लागि अनुमति पाएको छ । 

कम्पनीको शेयर बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्याटिल रहेको छ । साधारण शेयर बिक्री पछि कम्पनीको कूल चुक्तापूँजी १ अर्ब ५३ करोड पुग्नेछ । कम्पनीमा ८८५ जनाको संस्थापक लगानी रहेको छ ।

कमेन्ट गर्नुहोस्