२२ असार २०८३, सोमबार

भारतको बोर्डर रोड्स अर्गनाइजेसनको डीजीमा मेजर जनरल राजीव चौधरी

मंसिर १०, २०७७
भारतको बोर्डर रोड्स अर्गनाइजेसनको डीजीमा मेजर जनरल राजीव चौधरी

भारतले आफ्ना छिमेकी मुलुकहरूको सीमामा बनाइरहेको सडकको निगरानी गर्ने संस्था बोर्डर रोड्स अर्गनाइजेसनको नयाँ महानिर्देशकमा मेजर जनरल राजीव चौधरीलाई नियुक्त गरेको छ । 

विशेषगरी चीन र पाकिस्तानको सीमामा सडक बनाउन तथा व्यवस्थापन गर्न यो अर्गनाइजेसनले जिम्मेवारी पाएको छ । 

यसै वर्ष नेपालको भूमि हुँदै मानसरोवरसम्म जाने सडकको उद्घाटन भारतले गरेपछि विवाद उठेको थियो । त्यो सडक यही बोर्डर रोड्स अर्गनाइजेसनले बनाएको हो । 

चौधरी भारतीय सेनाका चीफ इन्जिनीयर हुन् ।  

salt training

कमेन्ट गर्नुहोस्