
मन्त्रालयका विभिन्न प्रस्तावमा छलफल गर्न नेपाल सरकार मन्त्रिपरिषद्को बैठक बुधवार बस्ने भएको छ ।
बैठक अपरान्ह ४ बजे बालुवाटारमा बस्ने एक मन्त्रीले लोकान्तरलाई जानकारी दिए ।
बुधवारको मन्त्रिपरिषद् बैठकले केही सहसचिवलाई सचिवमा बढुवा गर्ने सम्भावना रहेको स्रोतको दाबी छ ।
उपप्रधानमन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा रहेका सीसीएमसीको सिफारिसको आधारमा जुनसुकै देशबाट हवाइ उडान सुचारु गर्ने प्रस्तावमा पनि आज निर्णय हुने सम्भावना रहेको छ ।