०२ साउन २०८३, शनिबार

भारतमा जातीय विभेद : मैसूरमा दलितको कपाल काटेकोमा हजामलाई ५० हजार भारु जरिवाना

मंसिर १०, २०७७
भारतमा जातीय विभेद : मैसूरमा दलितको कपाल काटेकोमा हजामलाई ५० हजार भारु जरिवाना

भारतको कर्नाटक राज्यमा रहेको मैसूरमा एक दलितको कपाल काटेकोमा सैलुनका मालिकमाथि ५० हजार भारुको जरिवाना तोकिएको छ । 
 

हल्लारे गाउँमा मल्लिकार्जुन शेट्टीले आफ्नो सैलुनमा दलित र पिछडिएको वर्गका मानिसको कपाल काट्न थालेपछि सामाजिक बहिष्कारको सामना गर्नुपरिरहेको छ । 

गाउँका कथित उच्च जातिका मानिसले मल्लिकार्जुनलाई ५० हजार भारु जरिवाना तिर्न भनेका छन् । केही दिनअघि उनीहरूले आएर दलितको कपाल नकाट्न धम्की दिएको मल्लिकार्जुनले बताए । 

प्रहरीमा उजुरी गर्छु भन्दा उनीहरूले आफूलाई कुटपिट गरेको र पाँच हजार रुपैयाँ पनि लुटेको मल्लिकार्जुनले बताए । 
 

नंजनगुड ग्रामीण प्रहरीले मल्लिकार्जुनज आफैं मुद्दा दर्ता गर्न हिचकिचाइरहेको बताए । त्यसैले दुई पक्षबीच कुरा गरेर विवाद छिनोफानो गरेको प्रहरीको कथन छ । 

salt training

कमेन्ट गर्नुहोस्