१० साउन २०८३, आइतबार

बारा उद्योग वाणिज्य संघको अध्यक्षमा साह सर्वसम्मत

मंसिर १०, २०७७
बारा उद्योग वाणिज्य संघको अध्यक्षमा साह सर्वसम्मत

बारा उद्योग वाणिज्य सङ्घको अध्यक्षमा राजकुमार साह सर्वसम्मत चयन भएका छन् ।

कलैयामा पत्रकार सम्मेलन गरी निर्वाचन व्यवस्थापक एवं कार्यक्रम अधिकृत अमितकुमार मिश्रले साहलाई अध्यक्ष घोषणा गरिएको जानकारी दिए

बीसौं वार्षिक साधारणसभा तथा १३औँ अधिवेशन आगामी मंसिर २७ गते अरू पदका लागि निर्वाचन हुने भए पनि सहमतिको पहल भने जारी रहेको अधिकृत मिश्रले जानकारी दिए ।

निर्वाचनका लागि सङ्घले तीन सदस्यीय निर्वाचन समिति समेत गठन गरेको छ ।

समितिको संयोजकमा अधिवक्ता परमहंश केशरी तथा सदस्यमा अधिवक्ता नागेन्द्र यादव र प्रभात दाहाल छन् ।

salt training

कमेन्ट गर्नुहोस्