३० असार २०८३, मंगलबार

विवाहित पुरुषलाई प्रेमिकासँग बसेको देखेपछि खोरमा राखेर नदीमा फ्याँकियो (भिडियो)

मंसिर १२, २०७७
विवाहित पुरुषलाई प्रेमिकासँग बसेको देखेपछि खोरमा राखेर नदीमा फ्याँकियो (भिडियो)

चीनमा एक विवाहित पुरुष उसकी प्रेमिकासँग बसिरहेको बेलामा रंगेहात पक्राउ परेपछि खोरमा राखेर नदीमा फ्याँकिएको छ । 

त्यहाँको सामाजिक सञ्जालमा घटनाको भिडियो भाइरल भइरहेको छ । प्रहरीले घटनामा संलग्न चार आरोपितलाई पक्राउ गरेको छ । 

चीनमा प्राचीनकालमा पनि विवाहेतर सम्बन्धको अपराधमा यस्तै सजाय दिने गरिन्थ्यो । खोरमा राखेर मानिसलाई फाल्दा उसको मृत्यु हुने गर्थ्यो । 

पत्नीलाई धोका दिइरहेको पुरुषलाई खाटबाट मानिसहरूले समातेका थिए । त्यसपछि उसलाई बाँसको खोरभित्र बाँधेर राखिएको थियो ।  

घटना शुक्रवार बिहान उत्तरी चीनको माओमिङ शहरमा भएको हो । युवक नदीमा फालिएको केही समयपछि निस्कन सफल भएकाले ज्यान बच्यो । 

उसलाई गम्भीर चोटपटक लागेन तर उपचारका लागि अस्पताल लगियो । प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ । 

salt training

कमेन्ट गर्नुहोस्