०७ साउन २०८३, बिहीबार

लहलहैमा लागेर बिना अध्ययन शेयर बजारमा नहोमिन लगानीकर्ताहरूको सुझाव

मंसिर १२, २०७७
लहलहैमा लागेर बिना अध्ययन शेयर बजारमा नहोमिन लगानीकर्ताहरूको सुझाव

शेयर बजारका लगानीकर्ताहरुले शेयर बजारले नयाँ उचाई कायम गरेसंगै बजारलाई स्थायित्व ल्याउने चुनौति रहेको बताएका छन् । साथै उनीहरुले कसैको लहलहैमा लागेर बिना अध्ययन बजार लगानी नगर्न पनि लगानीकर्ताहरू आग्रह गरेका छन् ।

नेपाल स्टक एक्सचेन्जले हालसम्मकै नयाँ उचाईका साथै कारोबार रकममा समेत रेकर्ड ब्रेक गरेको अवस्थामा लगानीकर्ताका विभिन्न पाँच संस्थाहरुले यसको स्वागत गर्दै लगानीकर्ताहरुलाई सचेत हुन समेत अनुरोध गरेका छन् ।

बिहीवार नेपालको शेयर बजारको इतिहासमा एकैदिन सबैभन्दा धेरै ७ अर्व ६१ करोड ३० लाख ३० हजार बराबरको शेयर किनबेच भएको थियो भने सोही दिन नेप्से सूचक हालसम्मकै उच्च १८९३.२४ विन्दुमा पुगेको छ।

साथै लगानीकर्ताका ५ संस्थाहरुले जारी गरेको विज्ञप्तिमा बढ्दो बजारमा लगानीकर्ताको उत्साहजनक प्रवेशलाई निरन्तरता दिनुपर्ने आवश्यकता औल्याइएको छ । उनीहरुले आम लगानिकर्ताहरूलाई आफुले लगानी गर्ने कम्पनीहरूको विगतको ईतिहास, संचालकहरूको सामाजिक हैसियत,कम्पनीद्वारा वितरित लाभांश इतिहास र भविष्यमा पाउने प्रतिफल जस्ता आधारभूत कुराहरूको गहन अध्ययन र विश्लेषण गरि उक्त कम्पनिको शेयरमा लगानी गर्न आग्रह समेत गरेका छन्।

कमेन्ट गर्नुहोस्