०८ असार २०८३, सोमबार

झलनाथ खनालको निर्वाचन क्षेत्रमा ४ करोड बजेट

मंसिर १२, २०७७
झलनाथ खनालको निर्वाचन क्षेत्रमा ४ करोड बजेट

नेकपा वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालको निर्वाचन क्षेत्र इलाम क्षेत्र नं १ मा  निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको बजेट विनियोजन गरिएको छ ।
छ स्थानीय तहका ३९ वडा रहेको निर्वाचन क्षेत्रमा यस वर्ष रु चार करोड बजेट निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमबाट बाँडफाँट गरिएको हो ।

सबैभन्दा बढी १४ वटा वडा भएको सूर्योदय नगरपालिकामा रु एक करोड ३५ लाख  विनियोजन गरिएको छ । इलामको कान्छो नगरपालिका माईमा रु ६८ लाख  बजेट विनियोजन गरिएको छ । रोङ गाउँपालिकामा रु ६० लाख, सन्दकपुर गाउँपालिकामा रु ६७ लाख, माईजोगमाई गाउँपालिकामा रु ६० लाख र इलाम नगरपालिका पर्ने एउटा वडामा रु १० लाख  बजेट विनियोजन गरिएको हो ।

salt training

कमेन्ट गर्नुहोस्