मंसिर १४, २०८०
नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’को प्रदर्शन नेपालमा अझै जारी छ । चलचित्रले शनिवार प्रदर्शनको ५१ दिन पूरा गर्दैछ । प्रकाश सपूत, केकी अधिकारी र वर्षा शिवाकोटी स्टारर यो चलचित्र...
निर्माता : बाहु भगनानी, जैकी भगनानी, दीपशिखा देशमुख
निर्देशक : डेविड धवन
कलाकार : वरुण धवन, सारा अली खान, परेश रावल, जावेद जाफरी, राजपाल यादव, जोनी लीभर
रिलिज डेट : २५ डिसेम्बर २०२०
१९९५ मा रिलिज भएको हिन्दी चलचित्रको रिमेक हो कुल्ली न. १ । त्यसबेलाको चलचित्रमा डेविड धवनले गोविन्दा, करिश्मा कपूरको साथमा चलचित्र निर्माण गरेका थिए । त्यतिबेला उक्त चलचित्र सुपरहिट भएको थियो । २०२० मा निर्माण भएको चलचित्रको रिमेकलाई पनि डेविडलेनै निर्देशन गरेका हुन् ।
तर, यसपटकको चलचित्रमा भने उनले आफ्ना छोरा वरुण धवन तथा सारा अली खानलाई लीड रोलमा इन्ट्री गराएका छन् ।
एक धनाढ्य व्यापारी जेफ्री रोजारियो (परशेव रावल)ले पण्डित जयकिशन (जावेद जाफरी) को अपमान गर्छन् । जयकिशन यसको बदला लिने सोच राख्छन् ।
उनले जेफ्रीको छोरी सारा (सारा अली खान) को बिहे राजु कुली (वरुण धवन)सँग बिहे गराएर जेफ्रीलाई सबक सिकाउँछन् । राजुले आफूलाई करोडपतिका रूपमा प्रस्तुत गर्छन् । तर, चाँडै नै राजुको वास्तविकता खुल्छ ।
मनोरञ्जनात्मक यो चलचित्र हेर्दा दर्शकले दिक्क नमान्ने यो चलचित्र हेरेका समीक्षकहरूले बताएका छन् ।
झूट लुकाउन कतिसम्म झूट बोल्नुपर्छ भन्ने कुरा निकै रमाइलो ढगंबाट प्रस्तुत गरिएको यो चलचित्र हलमा प्रदर्शन भएको भए निकै राम्रो व्यापार गर्ने भारतीय मिडियाको दाबी छ ।
तर, यो चलचित्र अहिले डिजिटल प्लेटफर्मबाट प्रदर्शन हुँदैछ भने केही सिंगल थिएटरमा पनि रिलिज हुनेवाला छ । तर, चलचित्र हलमा खासै दर्शक नआउने भएका कारण निर्माण पक्षलाई हलबाट कुनै आशा छैन ।
डिजिटल प्लेटफर्म प्रयोग गर्न नसक्ने चलचित्रका शुभचिन्तकका लागि भने हलबाट चलचित्र देखाउन खोजिएको निर्माण पक्षको भनाइ छ ।
नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’को प्रदर्शन नेपालमा अझै जारी छ । चलचित्रले शनिवार प्रदर्शनको ५१ दिन पूरा गर्दैछ । प्रकाश सपूत, केकी अधिकारी र वर्षा शिवाकोटी स्टारर यो चलचित्र...
कलाकार शिशिर भण्डारीले आफ्नो हिट गीत ‘फोटो फिरिममा’ शीर्षकमा टेलिसिरियल ल्याउने भएका छन् । निर्माणको तयारी सुरु भइसकेको टेलिसिरियलमा उनकै कथा, पटकथा एवं संवाद लेखन रहनेछ । उ...
ढुंगामाटोले बनेको घरको आँगनमा घरतर्फै फर्किएर केही मानिसहरू लाइन लागेका छन् । बार्दलीमा झुन्ड्याइएको ब्यानरमा लेखिएको छ, सक्किगोनि । ब्यानरको छेउमा उभिएका छन्, अर्जुन घिमिरे (पाँडे) । यो चर्चित ह...
हास्य कलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ स्टेज शोमा फर्किएसँगै मेला–महोत्सवमा खोजिन थालेका छन् । अघिल्लो शनिवार कास्कीको लेखनाथ महोत्सवमा प्रस्तुति द...
‘लुट’ र ‘टलकजंग भर्सेस टुल्के’जस्ता प्रशंसित चलचित्रका निर्देशक निश्चल बस्नेतको चलचित्र ‘दिमाग खराब’ दोस्रो सातामा प्रदर्शन भइरहेको छ । २०७३ मा ‘लुट– २’...
‘चिसो हावाले’ बोलको गीत युट्युबमा सार्वजनिक गरिएको छ । आइतवार बेलुका अकलादेवी म्युजिकको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गीतमा सुरज अगस्ती, लक्ष्मी खड्का र ध्रुव रेग्मीको स्वर छ । ...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...