
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठक बुधवार दिउँसो १ बजेका लागि निर्धारण गरिए पनि केही ढिला हुने भएको छ ।
महासचिव विष्णु पौडेलले बैठक केही ढिला हुने लोकान्तरलाई जानकारी दिए । नेकपाभित्र विवाद चर्किएका बेला बैठक हुने/नहुने अनिश्चित थियो ।
महासचिव पौडेलको कार्यव्यस्तताका कारण बैठक १ घण्टा पर सारेर दिउँसो २ बजे बस्ने गरी बोलाइएको नेकपा स्रोतले जनाएको छ ।
बुधवार सचिवालय बैठक राख्नेबारे प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलवार अनिच्छा व्यक्त गरे पनि अन्तिममा बैठकमा सहभागी हुन तयारी गरिरहेका बालुवाटार स्रोतले जनाएको छ । अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पक्षले बहुमतका आधारमा अगाडि बढ्न खोजेपछि ओली असन्तुष्ट छन् ।