१६ असार २०८३, मंगलबार

जनावरमा पनि कोरोना प्रभावः एकैसाथ सैयौं बाँदर सडकमा निस्केपछि...

मंसिर १८, २०७७
जनावरमा पनि कोरोना प्रभावः एकैसाथ सैयौं बाँदर सडकमा निस्केपछि...

कोरोना भाइरसका कारण विश्वभरका मानिसहरु आतंकित छन् । यतिबेला मानिसमात्रै होइन, जनावरमा पनि प्रभाव परेको छ । केही घटना यस्ता हुन्छन् जसकारण जनावरका बारेमा अधिक जान्ने रुची बढाउँछन् । 

पछिल्लो समय सामाजिक सञ्जालमा एउटा भिडियो भाइरल बनिरहेको छ । थाइल्याण्डमा बाँदरहरुको दौडधूपको एक भिडियो अहिले दुनियाँभरमा भाइरल बनिरहेको छ । बाँदरहरु चारैतर्फ फैलिएका छन् र केही सडकमा दौडिँदै छन् ।

यसमा एक बाँदरको हातमा केरा हुन्छ जसलाई अरुले पनि खोस्न खोजिरहेका हुन्छन् । थाइल्याण्डको लम्पबुरी जिल्लाको यो स्थान पर्यटकका लागि आकर्षणको केन्द्र बिन्दु पनि हो ।

कोरोना भाइरसको प्रभावका कारण केही महिनायता यो क्षेत्र सुनसान छ । पर्यटकको बढी घुँइचो हुने भएका कारण पनि यहाँ बाँदरको संख्या अधिक छ । तर, अहिले सुनसान बनेपछि बाँदरलाई खानाको संकट परेको छ । 

खाना खोज्दै यस क्षेत्रका बाँदर अहिले यत्रतत्र घुम्न थालेका छन् । यस्तैमा एउटा केरा समातेको बाँदरका पछि अरु पनि खोस्न भागाभाग गर्दैछन् । एकैसाथ यतिधेरै बाँदर सडकमा देखिएपछि स्थानीय त्रसित बनेका छन् ।

सवारीचालक पनि बाटोमै रोकिएर बाँदरको क्रियाकलाप नियाल्न थालेको भिडियोमा देख्न सकिन्छ । 

salt training

कमेन्ट गर्नुहोस्