२६ असार २०८३, शुक्रबार

हिन्द महासागरमा चीनलाई घेर्ने भारतको तयारी, तेस्रो विमानवाहक युद्धपोत ल्याउने संकेत

मंसिर १७, २०७७
हिन्द महासागरमा चीनलाई घेर्ने भारतको तयारी, तेस्रो विमानवाहक युद्धपोत ल्याउने संकेत

पूर्वी लद्दाखमा चीनको अड्डीलाई मद्देनजर गर्दै भारतको जलसेनाले हिन्द महासागरमा आपतकालीन स्थितिको सामना गर्न विशेष तयारी गरेको छ । 

चीनले हिन्द महासागर क्षेत्रमा कुनै हर्कत गरेमा त्यसको तत्काल जवाफ फर्काउने हिसाबमा भारतले ध्यान केन्द्रित गरेको छ । यसका लागि भारतको जलसेना र वायुसेनाले विशेष रणनीति बनाइरहेका छन् । 

भारतीय जलसेना प्रमुख एडमिरल करमवीर सिंहले चीनबाट आउने समेत अनेकौं चुनौतीका बारेमा त्रान रहेको र सामना गर्न पूरै तयार रहेको बताए । 

भारतीय जलसेनाले आज स्थापना दिवस मनाइरहेको छ । त्यसको पूर्वसन्ध्यामा एडमिरल सिंहले हिन्द महासागरमा आफूहरूको तयारी रहेको बताए । भारतीय जलसेनाको विमान पी–८१ र हेरोन ड्रोन तैनाथ गरिएको उनले बताए । 

प्रस्तावित म्यारिटाइम थिएटर कमान्डका बारेमा कुरा गर्दै सिंहले यसको वास्तविक आकार केही समयमा देखिने बताए । पानीभित्रको क्षमता बढाउन भारतीय जलसेनाले जोड दिने उनले बताए । तेस्रो विमानवाहक युद्धपोत जलसेनामा समावेश गर्ने संकेत पनि उनले दिए । 

चीनको आक्रामकता बढिरहेको सन्दर्भमा हिन्द महासागरमा त्यसले पार्ने असरलाई हेरेर भारतले तेस्रो विमानवाहक पोतको सम्भावनामा विचार गरिरहेको छ । स्वदेशी युद्धपोत आईएनएस विक्रान्त सन् २०२२ सम्ममा जलसेनामा समावेश गरिने चर्चा छ । वायुशक्ति पनि आवश्यक रहेको उनले बताए । 

salt training

कमेन्ट गर्नुहोस्