२९ असार २०८३, सोमबार

अब अमेरिकामा क्वारेन्टीन अवधि १० दिन मात्र

मंसिर २०, २०७७
अब अमेरिकामा क्वारेन्टीन अवधि १० दिन मात्र

अमेरिकी सेन्टर फर डिजीज केन्ट्रोल प्रिभेन्सन (सिडिसी)ले कोरोना संक्रमणका बेला क्वारेन्टीनमा लागि बस्ने अवधि घटाएको छ । आफ्नो मापदण्ड संशोधन गर्दै १४ दिनबाट घटाएर १० दिनमात्रै कायम गरेको छ । 

यद्यपि यो बिरामीको जाँच रिपोर्ट र लक्षणका आधारमा निर्भर हुनेछ । दुई दिनअघि मात्रै सिडीसीले आफ्नो वेबसाइटमार्फत जानकारी दिँदै क्वारेन्टीन अवधि घटाएको बताएको छ ।

‘यदि कोहीमा केही लक्षण छैन भने उसलाई बिना टेस्ट १० दिनसम्म क्वारेन्टीनमा बस्नुपर्ने आवश्यकता हुन्छ,’ सूचनामा भनिएको छ ।

यदि टेस्ट रिपोर्ट नेगेटिभ आएको खण्डमा भने सात दिन क्वारेन्टाइन बसे पुग्ने बताइएको छ । 

महामारीको शुरुवात भएपछि नै सिडिसीले संक्रमित बिरामीका लागि १४ दिनसम्म क्वारेन्टीन बस्ने सुझाव दिएको थियो ।

अवधि घटाएको विषयमा सिडिसीले भनेको छ, ‘क्वारेन्टाइन अवधि घटाउँदा धेरै मानिसलाई सहज हुनेछ । जसले यस अवधिमा काम गर्न पाएका छैनन्, उनीहरुलाई आर्थिक तनावको सामना गर्नुपर्दैन ।’

यसका साथै सार्वजनिक स्वास्थ प्रणालीमा दवाव पर्नसक्ने पनि बताइएको छ । खासगरी नयाँ संक्रमितको दर बढिरहेका बेला यस्तो निर्णयले सार्वजनिक स्वास्थ्य प्रणालीमा दवाव पर्नसक्ने भएकाले सबैलाई सचेत रहन भनिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्