
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र चर्किएको विवादमा शुभेच्छु संगठन प्रोग्रेसिभ इन्जिनीयरिङ एसोसियन नेपाल (पीन) पनि प्रवेश गरेको छ ।
नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाल पक्षबीच सचिवालय बैठकमा विवाद चर्किएका बेला पीनले वक्तव्य जारी गर्दै विवादमा हिस्सा लिएको हो ।
पीनको वक्तव्य प्रचण्ड–नेपाल पक्षलाई सहयोग पुग्ने गरी आएको छ । पीनको सचिवालयमा रहेका २० जना सदस्यमध्ये ११ जनाले प्रचण्ड–नेपाल पक्षलाई सहयोग पुग्ने गरी वक्तव्य जारी गरेका छन् ।
पीनको वक्तव्यमा २ अध्यक्षले सचिवालयमा पेश गरेको प्रतिवेदनमाथि छलफल हुनुपर्ने जनाएका छन् । प्रधानमन्त्री ओलीले भने प्रचण्डको प्रस्ताव फिर्ता हुनुपर्ने र छलफल हुन नसक्ने अडान लिँदै आएका छन् ।
‘अध्यक्षद्वयबाट पेश भएका दुवै प्रतिवेदनलाई स्थायी र केन्द्रीय कमिटीमा गहन छलफल गराइ सर्वमान्य एक प्रतिवेदन तयार गर्दा सबै कार्यकर्ता, शुभचिन्तकको भावनालाई समेट्छ,’ वक्तव्यमा लेखिएको छ ।
वक्तव्यमा माधवप्रसाद कोइराला, आशिष घिमिरे, नन्द बञ्जाडे, केशवराज विष्ट, नारायण चौलागाईँ, अनन्तराज घिमिरे, सीआर ढकाल, डिल्लीराम भट्ट, राम एकवाल यादव, विरोध रिजाल र कपिल आचार्यले हस्ताक्षर गरेका छन् ।
यस्तो छ वक्तव्यको पूर्णपाठ –
