२९ असार २०८३, सोमबार

स्थायी कमिटी बैठकका लागि प्रचण्ड लगायतका नेताहरू धुम्बाराहीमा

मंसिर २१, २०७७
स्थायी कमिटी बैठकका लागि प्रचण्ड लगायतका नेताहरू धुम्बाराहीमा

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटी बैठकका लागि नेकपा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत नेताहरू पार्टी केन्द्रीय कार्यालय धुम्बाराही पुगेका छन् ।

पार्टी भित्रको विवाद सचिवालयले टुंग्याउन नसकेपछि स्थायी कमिटी बैठकमा छलफल हुन लागेको हो । 

पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा आइतवार दिउँसो १ बसे स्थायी कमिटी बैठक बस्ने भनिए पनि बैठक शुरू हुन ढिलाइ भएको छ । पार्टीमा देखिएका विवाद समाधानमा सचिवालयले निकास दिन नसकेपछि नेकपाले स्थायी कमिटी बैठक बोलाएको हो । गत भदौ २६ गतेपछि पहिलो पटक स्थायी कमिटी बैठक बस्दैछ ।

सचिवालय बैठकमा कात्तिक २८ गते कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक प्रतिवेदन पेश गरेपछि नेकपा संकट गहिरिएको छ । प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले प्रचण्डको आरोपको जवाफमा मंसिर १३ गते ५३ बुँदे प्रस्ताव पेश गरेका थिए । 

स्थायी कमिटी बैठक पार्टीभित्र देखिएका विवाद समाधानमै केन्द्रित हुने प्रवक्ता नारायणकाजी श्रेष्ठले बताएका छन् । नेकपा संसदीय दलका उपनेता एवं स्थायी कमिटी सदस्य सुवास नेम्वाङले प्रधानमन्त्री ओली स्थायी कमिटी बैठकमा सहभागी हुने लोकान्तरलाई बताए । 

salt training

कमेन्ट गर्नुहोस्