पूर्वमन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता गोकुल बाँस्कोटाले राजनीतिमा विजयको आधार खुल्ला प्रतिस्पर्धा भएको बताएका छन् ।
सोमवार बिहार ट्वीट गर्दै उनले युद्धमा शत्रुको भौतिक सफाया जीतको प्रमाण भएको तर राजनीतिमा विजयको आधार खुल्ला प्रतिस्पर्धा भएको बताएका हुन् ।
पार्टीभित्र अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको विवाद बढ्दै जाँदा नेता बाँस्कोटाको यस्तो ट्वीट आएको हो ।
उनले लेखेका छन्, 'युद्धमा शत्रुकाे भाैतिक सफाया जीतकाे प्रमाण हाे तर राजनीतिमा विजयकाे आधार खुल्ला प्रतिस्पर्धा । मित्रताकाे अंगालाेकाे ढाेंगमा ढाडमा चुप्पी राेपेर निकालिने जीत आफ्नै जीवनलाई लखेटिरहने आफ्नै पाइतालाका त्रासदीपूर्ण डाेबहरु मात्र। र,आम मानिसहरु सधै स्वतन्त्रताकाे लामाे यात्रा राेज्नछन् ।'
युद्धमा शत्रुकाे भाैतिक सफाया जीतकाे प्रमाण हाे तर राजनीतिमा विजयकाे आधार खुल्ला प्रतिस्पर्धा।मित्रताकाे अंगालाेकाे ढाेंगमा ढाडमा चुप्पी राेपेर निकालिने जीत आफ्नै जीवनलाई लखेटीरहने आफ्नै पाइतालाका त्रासदीपूर्ण डाेबहरु मात्र।र,आम मानिसहरु सधै स्वतन्त्रताकाे लामाे यात्रा राेज्नछन।
— Gokul Prasad Baskota (@GokulPBaskota) December 7, 2020