२८ जेठ २०८३, बिहीबार

न्यानोका लागि बालेको परालबाट घरमा आगलागी, एक किशोरीको मृत्यु

मंसिर २२, २०७७
न्यानोका लागि बालेको परालबाट घरमा आगलागी, एक किशोरीको मृत्यु

कालिकोटको शुभकालिका गाउँपालिकाको एक घरमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ ।

शुभकालिका गाउँपालिका–३ भर्तामा आइतबार राति आगलागी हुँदा १५ वर्षीया हिरु शाहीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ । 

स्थानीय पृथ्वीबहादुर शाहीको घरमा आइतबार राति आगो ताप्न बालेको परालबाट आगलागी भएको हो ।

उक्त आगलागीमा १२ वर्षीया सर्मिला शाही घाइते भएकी जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ । घाइते सर्मिलालाई उपचारका लागि सुर्खेत पठाइएको छ । 

salt training

कमेन्ट गर्नुहोस्