२८ असार २०८३, आइतबार

हवाई उडानमा ईयूले प्रतिबन्ध हटाउने सम्भावना अझै कम

मंसिर २३, २०७७
हवाई उडानमा ईयूले प्रतिबन्ध हटाउने सम्भावना अझै कम

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले युरोपेली यूनियन (ईयू)को पछिल्लो विज्ञप्ति स्वागतयोग्य भएको टिप्पणी गरेका छन् । 

तर, हवाई क्षेत्रका जानकारहरूले भने ईयूले प्रतिवन्ध हटाउने सम्भावना अझै कम रहेको बताएका छन् । 

अन्तर्राराष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) दिवनसको अवसरमा एयर सेफ्टीमा संवेदनशील रहेको अष्ट्रेलियाजस्तो मुलुकमा आकास प्रतिबन्ध लगाइरहनुको औचित्य नभएको बताउँदै पछिल्लो विज्ञप्ति भने सकारात्मक भएको मन्त्री भट्टराईले बताएका हुन् । 

नेपालको राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले उडान भरिसकेको अवस्थामा अब पनि नेपाली विमानलाई प्रतिबन्ध लगाउनु औचित्यपूर्ण नहुने तर्क गरेको खबर कारोबार दैनिकमा दीपेन्द्र थापाले लेखेका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्