१४ असार २०८३, आइतबार

ट्यांकरले मोटरसाइकललाई ठक्कर दिँदा १ जनाको मृत्यु

मंसिर २४, २०७७
ट्यांकरले मोटरसाइकललाई ठक्कर दिँदा १ जनाको मृत्यु

पूर्वपश्चिम राजमार्गको खैरहनी नगरपालिका–९ मा ट्यांकरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा खैरहनी नगरपालिका–६ का २२ वर्षीय अब्जल देवान रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

प्रहरीका अनुसार बुधवार बिहान ६ः३० बजे लोथरबाट नारायणगढतर्फ आउँदै गरेको लु१ख ६५८१ नम्बरको तेल बोकेको ट्यांकरले ना४१प ९८६२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

ठक्करबाट घाइते देवानको उपचारका क्रममा भरतपुर अस्पतालमा बिहान ७ः२० बजे मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकललाई ठक्कर दिने ट्यांकर र चालकको खोजी भइरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्